बाघमारामा एकाविहानै गैंडाले आतंक मच्चाएपछि…. (भिडियो)

 

सन्तकुमार चौधरी
चितवन, ६ माघ । चितवनको रत्ननगरस्थित मानविय बस्तीमा प्रवेश गरेको गैंडाले एकाविहानै आतंक मच्चाएको छ । रत्ननगरको वडा नं. ८ स्थित बाघमारा गाउँमा प्रवेश गरेको गैडाले स्थानीयलाई आतंकित बनाएको हो ।

 

गैंडाले रमाइलो डाँडामा पिकनिक खान पुगेको दुईवटा सवारी साधनमा क्षति समेत पु¥याएको छ । रमाइलो डाँडाको पार्कीङस्थल नजिकै राखिएको बा १४ च ४८११ नम्बरकोे कार र बा १७ च २५४ नम्बरको कारमा क्षति प¥याएको हो । वडा नं. ८ स्थित नारायण चौधरीको घरमै बाँधेर राखेको भैसी र बाँख्रालाई समेत गैडाले हानेर घाइते बनाएको छ ।

पार्किङ्मा राखिएको मोटरसाईकललाई समेत गैडाले क्षति पु¥याएको छ । गैडा गाउँमा प्रवेश गरेको विषयमा उच्च सर्तक रहन स्थानीयलाई सूचना दिँदै हिडेको प्रहरीको भ्यानमा समेत गैडाले आक्रमण गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जसंगै रहेको मध्यवर्ती सामुदायिक वनवाट निस्किएको गैंडा विहानै मानविय बस्तीमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Promise Education Consultancy