राष्ट्रियसभा चुनावलगत्तै नयाँ सरकार : खनाल

काठमाडौं, ६ माघ । पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार गठन हुने बताएका छन् ।
वरिष्ठ नेता खनालले बामपन्थी गठबन्धनको नेतत्वमा नयाँ सरकार बन्ने र त्यसले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने दावी समेत गरे ।
शनिवार काठमाडौं क्षेत्र नम्बर ८ का सांसदहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर २ मा पनि वामगठबन्धनकै नेतृत्वमा सरकार बनाउन पहल भइरहेको खुलासा गरे ।
वरिष्ठ नेता खनालले जनतालाई न्याय हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सबै स्थानीय तहलाई पनि सचेत गराए । उनले स्थानीय सरकारले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गरिसकेकाले अव त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

Promise Education Consultancy