सामुदायिक वनमा संक्रमण बाँकी, जनप्रतिनिधी र वन संरक्षणकर्मी विच समन्वय आवश्यक अध्यक्षः पाण्डे

गैँडाकोट, ७ माघ ।
देउराली सामुदायिक बन उपभोक्ता समुह गैँडाकोट–३ को १६ औं साधारण सभा सम्पन्न भएको छ ।

सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपरासीका अध्यक्ष ठाकुर प्रसाद पा०डेको प्रमुख आतिथ्यता तथा देउराली सामुदायिक वनका अध्यक्ष ठाकुर प्रसाद रिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष पाण्डेले मुलुकमा संक्रमण सकिए पनि सामुदायिक वनमा संक्रमण बाकी रहेको टिप्पडी गर्नुभयो ।


अध्यक्ष पा०डेले राज्यको फितलो निति नियम तथा स्थानिय स्तरमा वन संरक्षणमा प्राविधिक ज्ञानको कमिका कारण पनि सामुदायिक वनको संरक्षणका सबालमा संक्रमण रहिरहेको बताउनुभएको हो । उहाँले मुलुकभरमा नवलपरासीका सामुदायिक वनको अवस्था सन्तोषजनक रहेपनि आगामी दिनमा स्थानिय तह र सामुदायिक वन विच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा सेक्टर वन कार्यलय कावासोतीका प्रमुख कृष्ण बहादुर देबकोटाले देउराली वन वैज्ञानिक वन ब्यबस्थापनमा गएकोमा अवसर र चुनौती दुबै पाएको चर्चा गर्दै सिंगो बन समिति जिम्मेवार भई जिम्मेवार भई लाग्नुपर्ने सुझाउ गर्नुभयो । कार्यक्रममा गैडाकोट– ३ का वडाध्यक्ष शिवकान्त तिवारी, नारायणी सामुदायिक वनका अध्यक्ष खगराज सापकोटा, जयश्री सामुदायिक वनका संस्थापक अध्यक्ष टोलनाथ घिमिरे, कोषाध्यक्ष दिनेश न्यौपाने, कालिगण्डकी सामुदायिक वनका अध्यक्ष भुषाल आले, कृष्ण गण्डकी मा.वि गैँडाकोटका प्रधानाध्यापक सुर्यनाथ तिवारी, समुहका पुर्व अध्यक्ष धन बहादुर चितौरे लगायतले शुभकामना मन्तव्य राख्दै ग्रामिण भेगमा बनले पुर्याएको सुविधाको चर्चा गर्दै बन संरक्षणमा सबैपक्षले ध्यान बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।


कार्यक्रममा समुहका सचिव सुनिता गुरुङ्गले आर्थिक वर्ष ०७३–०७४को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगमी वर्ष ०७४–०७५को प्रस्तावित कार्यक्रम पेश गर्नुभयो । कार्यक्रममा समुहका कोषाध्यक्ष देविसरा पुलामीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने बद्रिप्रसाद रिमालले लेखा समितिको प्रतिवेदन पेश गनुभएको थियो ।

Promise Education Consultancy