पत्रकार माथि आक्रमण गर्नेले माफी मागे

ईच्छाकामना न्युज संवादाता

गोरखा,६ माघ । पत्रकार माथि आक्रमण गर्ने ५ जनाले माफी मागेका छन् ।कान्तिपुर दैनिक र रेडियो कान्तिपुरका गोरखा संवाददाता सुदीप कैनीलाई आक्रमण गर्ने ५ जनाले लिखित सार्वजनिक माफी मागेका हुन् ।
तनहुँको आँबुखैरनी गाउँपालिका–३ मस्र्याङदी बगरमा गत माघ १ गते हातपात गर्ने स्थानीय शिवजी केसी, रामकृष्ण केसी, रघुपति केसी सुवास केसी र रन्जित श्रेष्ठले ् । पत्रकार महासंघ गोरखा र तनहुँ शाखा एवं आबुँखैरनीका अगुवाहरुको समन्वयमा उनीहरुले सदरमुकाम दमौलीमा माफी मागेका हुन् । लिखित पत्रमा भनिएको छ, ‘आवेशमा आई भएको घटनाको क्षमा याचना गर्दछौं’, आगामी दिनमा संचार जगत र संचारकर्मीको सम्मान गर्दै समाचार संकलन र सम्प्रेषणमा सहयोग गर्नेछौं ।’ संचारकर्मी र स्थानियबासीको सम्बन्ध र सामाजिक सद्भाव अझै बलियो होस भन्ने उद्देश्यले सहमति गरिएको पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले बताउनुभयो । यसैबीच ढुङ्गा, गिटी बालुवा निकासीमा संरक्षण गरेको आशंकामा आँबुखैरनी प्रहरी चौकीका निरिक्षक लोकबहादुर गुरुङ र मझुवा देउराली प्रहरी चौकीका असई जर्नादन कुडाहरको सरुवा भएको छ ।

Promise Education Consultancy