चितवनमा भित्रियो पर्यटकमैत्री फोर्स रोयल डिलक्स बस (भिडियो)

किशोर रिजाल
चितवन, ६ माघ । चितवनको बजार पहिलो पटक फोर्स कम्पनिको ट्राभलर रोयल डिलक्स बस सार्वजनिक गरिएको छ ।
पर्यटकहरु लक्षित गरि निर्माण गरिएको बस एक समारोहका विच चितवनको पर्यटकीय नगरी सौराहामा रहेको होटलजंगल सफारीमा आयाम ईन्टर कन्टीनेटलका प्रबन्ध निर्देशक राजन लम्साल र रेयान मोर्टस् चितवनका अध्यक्ष यज्ञ प्रसाद पौडेलले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । साथै बिक्रि वितरण समेत सुरु गरेको जानकारी गराईयो ।

 

 


आज देखी बिक्री शुभारम्भ भएको फोर्स ट्राभलर रोयल बस ” सार्वजनिक गरियो कन्टीनेटलका प्रबन्ध निर्देशक राजन लम्साल भने यो बस निकै राम्रो स्टाइल साथै अत्यन्त आरामदायी छ ।
एअर सस्पेन्सन युक्त यस गाडिमा शक्तिशाली विएसआईआईआई इन्जिन रहेको छ साथै जी बत्तिस फाएब स्पिड मर्सिडिज लाइसेन्स सिक्रोमेस गिएर बक्ससहित आर्कषण मोडलमा रहेका छ ।
रिक्लाइनिगं ब्याक रेस्ट सिट ,प्रत्येक सिटमा एयर कन्डिसनको भेन्ट ,सिट बेल्ट, मोबाइल ÷ल्यापटप चार्जर पोइन्ट ,प्लेनमा जस्तै छुट्टाछुट्टै रिडिङ्ग ल्याम्प का साथै एविएस तथा ईविडी जस्ता आधुनीक सुरक्षा प्रणालीहरुसमेत यसमा जडित भएको कुरा उनले बताए ।


उक्त कार्यक्रममा फोर्स मोटर्स लिमिटेडका अन्र्तराष्ट्रिय सेल्स म्यानेजरसुनिल सिहले गाडिको विशेषता तथा कम्पनिका बारेमा प्रस्ट्याएका थिए ।
फोर्स कम्पनीका गाडीहरु विश्व विख्यात जर्मनी ब्राण्ड मर्सिडिज इन्जिन लाइसेन्स प्राप्त तथा भारतमा निर्माण भएकाले यसको विस्वसनियता हेरेर यसलाई नेपालमा भित्राएको जानकारी गराए ।
फोर्स कम्पनीका गाडीहरु विगत १५ बर्ष देखीनै नेपालमा आयात हुदै आएको तर विगतका आयात कर्ताले ग्राहकहरुलाइ बिक्री पछिको सेवा सुविधा राम्रो उपलब्ध नगरायकोले विगत ३ बर्ष देखी आफनो कम्पनीले आयात गर्न थालेको बताए ।


यस कम्पनीको ट्रयाक्स भनेर चिनीने जिप तथा पिक–अप हरु नेपालमा पहिले देखीनै लोकप्रिय रहेको समेत उहाले जानकारी गराए ।
नेपालका लागि आधिकारिक आयतकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि रहेको छ । भने चितवनमा रेयान मोर्टस् आधिकारी विक्रेता रहेको छ ।
फोर्स गाडिको नयाँ तथा पुराना उपभोक्तालाई विक्रि तथा विक्रि पछिको सेवा चुस्त दुरुस्त हुने प्रतिवद्धता रेयान मोर्टस्का अध्यक्ष सुवेदी व्यक्त गरेका थिए ।
पर्यटकीय नगरी चितवनसगैँ सौराहालाई आधुनिक मात्र हैन वातावरण मैत्री सहरको रुपमा विकास गर्नुपर्ने सबैको जिम्मेवारी रहेकोमा सोहि अनुकुलका सवारी साधनहरु यस सहरमा आयात भई विक्री वितरण हुनु खुसिको कुरा भएको भन्दै अहिलेको युग सहाँउदो सुविधा सम्पन्न तथा आधुनिक सुरक्षा प्रणालीहरु जडित सार्वजनिक सवारिसाधनको विक्री वितरण को सुरुवात भएकोमा खुसि पनि व्यक्त गरे । ५८ लाख रुपैया पर्ने सो बस बिक्रि शुभारम्भको अवसरमा एक हप्ता सम्म खरिद गर्न आएका ८ आठ लाख रुपैया सम्म छुट दिन सक्ने कम्पनीले जनाएको छ ।

Promise Education Consultancy