महोत्सवमा साईराम डेन्टलको निशुल्क दन्त परिक्षण (फोटोफिचर)

चितवन, ६ माघ । पूर्वी चितवनको रत्ननगर महोत्सवमा आयोजना गरिएको निशुल्क दन्त परिक्षण शिविरमा २ सय ५ जना विरामीहरु लाभान्वीत भएका छन् ।

महोत्सवमा आउने दातँका समस्यामा अवलोकनकर्ताहरुलाई लक्षित गरि साईराम डेण्टल केयर कमलनगर नारायणगढले समाजिक उत्तरदायित्व अभियान अन्र्तगत महोत्सव आयोजकको सहकार्यमा सो निशुल्क शिविर आयोजना गरेको हो ।


शिविरमा १५ जनाको दात निकाल्ने, २० जनाको दात भर्ने र २२ जनाको दात सफासगैँ अन्य विरामीहरुलाई निशुल्क औषधी र दातँको सुरक्षा गर्ने तरिका बारेमा जानकारी गराईएको साईराम डेण्टल केयर कमलनगरकी प्रबन्ध निर्देशक डा.सरु थापले जानकारी दिईन् ।


शिविर रत्ननगर अस्पतालका मेडिकल सुपरिडेन्ट बरिष्ठ दन्त चिकित्सक डा. अजय न्यौपाने र केयरकी डा. सुरु थापाले विरामीहरु चेकजाचँ गरेका थिए ।
२ सय भन्दा बढी निशुल्क शिविर आयोजना गरेको केयर आगामी दिनमा समेत निरन्तरता दिन उनले प्रतिवद्धता जनाईन् । सो अवसरमा रत्ननगर अस्पताल, लायन्स क्लब अफ रत्ननगर र लायन्स क्लब अफ रत्ननगर समृद्धीले समेत सहकार्य गरेका थिए ।

Promise Education Consultancy