ग्लोबल रिचको अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयरको तयारी पुरा, मंगलबार शिक्षा मन्त्रीले उद्धघाटन गर्ने

चितवन, ६ माघ । चितवनमा अष्ट्रेलियन युनिर्भसिटिका प्रतिनिधिहरुको सहभागीमा अहिलेसम्मकै ठूलो अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयरको तयारी पुरा भएको छ ।
ग्लोबल रिच नेपाल चितवन शाखाको आयोजनामा होटल गार्डेन रिर्सोटमा अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुको सहभागी गराई अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै एजुकेशन फेयर गरेको ग्लोबल रिच चितवन प्रमुख सुरेश पौडेलले जानकारी दिए ।

आगामी मंगलबार ९ गते फेयरको एक समारोहका विच शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी उद्धघाट गर्ने भएका छन् ।
यो पटकको फेयरमा अष्ट्रेलियाका चर्चित विश्वविद्यालयहरु स्वयम सहभागी भई विद्यार्थीहरुलाई जानकारी दिने उनले बताए ।
साथै यो पटकको फेयरमा नेपालका ६ वटा चर्चीत बैकहरु शिक्षा लोन सम्बन्धी बैकिङ्ग प्रोसेस सम्बन्धी जानकारी दिने समेत भएको यो विद्यार्थीहरुका लागि निकै उपयोगी हुने उनले बताए । फेयरमा नेपाल एसविआई बैक, लक्ष्मी बैक, सानिमा बैक र एनआईसी एसिया बैक सहितका बैकले छुटै स्टल राखि विद्यार्थीहरु जानकारी दिने पौडेलले बताए ।
अष्ट्रेलियन युनिर्भ्सिटि फेयरमा अष्ट्रेलियाका १४ वटा युनिभर्सि्िटका प्रतिनिधिहरुको सहभागिता रहनेछ
उहाँका अनुसार अष्ट्रेलियन युनिर्भसिटि फेयरमा सेन्ट्रल क्वीन्सल्याण्ड युनिर्भसिटी, डेकिन युनिर्भसिटी, भिक्टोरिया युनिर्भसिटी, लाट्रोब युनिर्भसिटी, म्याक्वारी युनिर्भसिटी, चाल्र्स स्टट युनिर्भसिटी, युनिर्भसिटी अफ न्यू इङल्याण्ड, वेष्टन सिड्नी युनिर्भसिटी, युटिएस इन्सर्च र एपिआईसी कलेज, आईसीएमएच कलेज लगायतका कलेज तथा युनिर्भसिटीको उपस्थिति रहने पौडेलले बताए ।
भरतपुर गार्डेन रिसोर्टमा हुने फेयरमा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले यी युनिर्भसिटीका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा अष्ट्रेलियन शिक्षा बारे जानकारी पाउन सक्ने छन् ।
फेयर विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म चल्ने छ ।

ग्लोवल रिचका चितवन प्रमुख पौडेलका अनुसार यस अष्ट्रेलियन युनिर्भसिटी फेयरमा छात्रवृत्ति, भर्ना प्रक्रिया, अष्ट्रेलियाको शिक्षा, त्यहाँ अध्ययन गर्दा पाउने अवसरको बारेमा प्रत्यक्ष रुपमा विद्यार्थी र अभिभावकहरुले जानकारी लिन सक्नेछन् ।
विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र बुझ्नसक्छन् यो फेयरको मुख्य उद्देश्य रहेको छ ।
फेयरमा विद्यार्थीहरुले आफूले पढने इच्छा गरेको विषयमा छात्रवृत्ति लगायतका कुराहरु आफै बुझेर प्रक्रिया अघि बढाउन सक्ने भएकाले उनीहरुले भालि पढन गइसकेपछि के हुने हो ? कस्तो हुने हो ? जस्ता अन्योलता नरहने उनको भनाई छ ।
जो विद्यार्थीहरु तयारीका साथ डकुमेन्ट लिएर आउँछन, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाउने भएकाले अन्य मेलाको तुलनामा यसको विशेष महत्व रहेको छ ।
एजेन्टहरुमार्फत डकुमेन्ट अष्ट्रेलिया पठाएर प्रक्रिया अघि बढाउनुपर्ने अवस्थामा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेशमै विश्वविद्यालयहरुका प्रतिनिधि आएर उनीहरुमार्फत आफ्नो शैक्षिक क्यारियर पहिल्याउने र सोही एप्लाई गर्न पाउने भएकाले यस फेयरको विशेष महत्व रहेको उनले बताए ।
शहिदचोकमा रहेको ग्लोवल रिचले नेपाली विद्यार्थीहरुलाई सही परामर्श दिएर अष्ट्रेलिया पठाउने गरेको छ । ग्लोवल रिचले यो अवसर अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि अमृत सरह भएको बताएको छ । ग्लोवल रिचले यस किसिमका फेयरहरु वर्षेनी गर्दै आईरहेको छ । यो पटकको फेयर १ हजार भन्दा विद्यार्थीहरु सहभागी हुने पौडेलको दावी छ ।

Promise Education Consultancy