महानगर निजि क्षेत्रसगँ सहकार्य गर्न तयार छ: प्रमुख रेणु दाहाल

चितवन,५ माघ । भरतपुर महानगरपालिककाका प्रमुख रेणु दाहालले निजि क्षेत्रसगँ सहकार्य गरि नगरको विकास गर्न तयार रहेको बताएकी छिन् । राष्ट्रिय योजना आयोगले आज(शुक्रबार) आयोजना गरेको सर्वाजनिक निजि सेझेदारी सम्बन्धी कार्यशाल गोष्ठीको उद्घाटन सत्रमा प्रमुख दाहालले निजि क्षेत्रसगँ महानगर निजि क्षेत्रसगँ सहकार्य गर्न सधैव सकारात्कम रहने स्पष्ट पारिन् ।

भरतपुर महानगरपालिकालाई देशकै नुमुना महानगर निमार्ण गर्ने अभियानमा निजि क्षेत्रको महत्वपुर्ण भुमिका रहने उनको भनाई छ । निजि क्षेत्रको लगानीले मात्र देशको विकास सम्भव हुने तर्क गरिन् ।

कार्यक्रममा आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले तीन वर्षमा आर्थिक वृद्धिदर ७.२ पु¥याउने लक्ष्य स्थानीय तहको भूमिकामा निर्भर हुने बताए। आयोगको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा आजदेखि शुरु सार्वजनिक निजी साझेदारीसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीमा बोल्दै श्रेष्ठले यसका लागि रु २४ खर्ब बजेटको आवश्यकता रहेको बताए ।

आवश्यक बजेटमध्ये ३९ प्रतिशत सरकारी क्षेत्रबाट परिचालन हुने भए पनि बाँँकी निजी क्षेत्र आएमात्रै लक्ष्य प्राप्त हुने उनको भनाइ छ । तीनवर्षे कार्यक्रमअन्तर्गत नेपालमा १४ परियोजना सञ्चालनमा रहेका उनले बताए। यसपटक स्थानीय तहमा मात्रै रु २२५ अर्ब बजेट पठाएको श्रेष्ठले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकामा मात्रै रु १३३ करोड बजेट विनियोजन गरेको भन्दै श्रेष्ठले भने, “अब आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर हुन्छ ।”

दुईदिने कार्यशाला गोष्ठीको उद्घाटनसत्रका क्रममा उहाँले नेपाललाई सन् २०३० सम्ममा मध्यमा आय भएको देशका रुपमा विकास गर्ने लक्ष्य रहेकाले सार्वजनिक निजी साझेदारी कार्यक्रम अपरिहार्य रहेको उल्लेख गरे। जनताको चाहनालाई ६० प्रतिशतमात्रै सम्बोधन गर्ने हो भने स्थानीय तहमा रु १५० अर्ब खर्च गर्नुपर्ने अवस्था रहेको र अहिले रु ३० अर्बमात्रै खर्च भइरहेको उनले बताए ।

Promise Education Consultancy