पदाधिकारीको सर्वसमत चयन संगै कला मन्दीर पायो पूर्णता

चितवन, माघ ५ । नारायणी कला मन्दिर नारायणगढको नयाँ कार्यसमितिले पुर्णता भएको छ । नारायणी कलामन्दिरका नवनिर्वाचित अध्यक्ष अमर प्रधानको अध्यक्षतामा आज (शुक्रवार) बसेको पहिलो बैठकले पदाधिकारीको सर्वसमत चयन संगै कार्यसमितिले पुर्णता पाएको हो ।
जसअनुसार उपाध्यक्षमा उद्धव जोशी, सचिवमा अनुकुल श्रेष्ठ(प्रणव), कोषाध्यक्षमा सुविर श्रेष्ठ र सह सचिवमा सुसनलाल प्रधानलाई चयन गरेको छ । त्यस्तै मनोनित सदस्यहरुमा पुरुष तर्फबाट हरीकुमार राज भण्डारी, प्रविण कुमार श्रेष्ठ(पाल्पाली) चुनिनुभएको छ ।
यसैगरी महिला तर्फ पुर्णिमा श्रेष्ठ र सरला जोशीलाई मनोनित गरिएको संस्थाका अध्यक्ष अमर प्रधानले जानकारी दिनुभयो ।
अध्यक्ष सहित ११ सदस्य यस अघि नै सर्वसमत निर्वाचित भएका थिए । यस संगै नारायणी कला मन्दिरको १७ सदस्य नयाँ कार्यसमिति बनेको छ ।

 

Promise Education Consultancy