रत्ननगर महोत्सवमा उत्कृष्ट किसानलाई पुरस्कार

रत्ननगर ०५ माघ । रत्ननगगरको टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गतको कृषि प्रर्बद्धन समितिले ५४ जना उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । जिल्ला भित्रका ५० जना किसानको उत्पादन र कृषि उत्पादनमा प्रविधि प्रयोग गरेका ४ जना किसानहरुलाई शुक्रवार महोत्सवको कृषि परिसरमा पुरस्कृत गरिएको हो । प्रतियोगितात्मक कृषि प्रर्दशनीमा सुन्तला खेति तर्फ हरिबहादुर नेपाल प्रथम,कागति खेति तर्फ गिता नेपाल प्रथम,काउली खेति तर्फ गणेश कँडेल,बन्दा खेति तर्फ लक्ष्मी थपलिया प्रथम,ब्रोकाउनी खेति तर्फ नारायण प्रसाद रेग्मी प्रथम,मुला खेति तर्फ प्रकास न्यौजाने प्रथम भएको मुल्याङकन समितिका सदस्य तथा रत्ननगर नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए । त्यसैगरी गाँजर खेति तर्फ गणेश अधिकारी प्रथम,गोलभेडा खेति तर्फ मुरारी महतो प्रथम,भन्टा खेति तर्फ अमर सुवेदी प्रथम,भेडेखुर्सानी खेति तर्फ माया लोहोनी प्रथम,ध्युसिमी खेति तर्फ तुलसी ढुंगाना प्रथम,च्याउ खेति तर्फ एकता महिला कृषक समुह पहिलो भएको पौडेलले बताए । प्रविधि युक्त फर्म सञ्चालन तर्फ कृष्ण प्रसाद न्यौपानेको नोविल एग्रो कल्चर फार्म प्रथम,दयाराम भूषालको चित्रवन कृषि फर्म द्धितीय,बृद्धिमाया खत्रीको खत्री कृषि फर्म तृतीय र टंक गौतमको अन्नपूर्ण कृषि फर्म सान्त्वना भएका छन । प्रतियोगितात्मक कृषि प्रर्दशनी तर्फ प्रथम,द्धितीय,तृतीय र सान्त्वना गरी ५० जना किसानहरुलाई पुरस्कृत गरिएको महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य एवम् कृषि प्रर्बद्धन समितिका संयोजक इश्वरी प्रसाद अर्यालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारयण वन र रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेका थिए । कृषि प्रर्बद्धन समितिका संयोजक इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठ,प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका संयोजक सोमनाथ घिमिरे,रत्ननगर उद्योग बाणिज्य संघका महासचिव निराजन खनाल,कृषि प्रर्बद्धन समितिका सचिव जीवन पौडेल लगायतले मन्तव्य राखेका थिए । त्यसैगरी महोत्सवको साँस्कृति कार्यक्रम अन्तर्गत शनिवार गायकहरु सुनिल गिरी,मिना निरौला लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । पुस २७ गतेबाट सुरु भएको रत्ननगर महोत्सव माघ ७ गते सम्म चल्ने छ ।
१३७ जनाको दान्त परीक्षण
रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गत शुक्रवार निशुल्क दन्त परीक्षण शिविर गरिएको छ । संघ अन्तर्गतको स्वास्थ्य तथा प्राथमिक उपचार समितिले आयोजना तथा लायन्स क्लव अफ रत्ननगर र लायन्स क्लव अफ समृद्धिको सहयोगमा गरिएको शिविरमा १३७ जनाको दाँतको उपचार गरिएको थियो । सत्यशाई डेन्टल नारायणगढको प्रविधिक सहयोगमा गरिएको शिविरमा डा.अजय न्यौपानेले दाताको परीक्षण गरेका थिए । शिविरमा दाँतका विरामीहरुको दाँत उखाल्ने,सफा गर्ने र दाँत भर्ने काम गरी उनीहरुलाई आवश्यकता अनुुसार औषधि वितरण गरिएको प्राथमिक उपचार समितिका संयोजक बुद्धराम जोशीले जानकारी दिए । कार्यक्रममा लायन्स क्लव अफ रत्ननगरका अध्यक्ष ओमप्रकास कलवार र लायन्स क्लव अफ रत्ननगर समृद्धिका अध्यक्ष गंगा सुुवेदीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।
रत्ननगर महोत्सवमा गुडिया बनाउने प्रतियोगिता
रत्ननगर । रत्ननगर महोत्सव अन्तर्गत महिला उद्यमी प्रर्वद्धन समितिले आयोजना गरेको हस्तकला सम्वन्धी गुडिया सिलाई बनाउने प्रतियोगितामा रत्ननगर निवासी बालकुमारी महतो प्रथम भएकी छिन् । त्यस्तै सन्तोषि गिरी र पूजा घर्ति मगर श्रेष्ठ क्रमशः द्वितीय र तृतीय भएका छन् । उनीहरुलाई शुक्रवार प्रथम द्वितीय र तृतीय घोषणा गरी क्रमशः ५ हजार ४ हजार र ३ हजार नगद सहित मायाको चिनो र प्रमाणपत्र दिइएको छ । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधान र रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले उनीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । ११ जनाको प्रतिस्पर्धा रहेको उक्त प्रतियोगितामा निता श्रेष्ठ, अनिता श्रेष्ठ र राधिका सामरी पाण्डेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगी सबैलाई पाण्डाको गुडिया बनाउन दिइएको थियो । कपडा र फाइबरबाट निर्मित गुडियाहरु मध्ये महतोद्वारा निर्मित गुडिया प्रथम हुन सफल भएको हो । महिला उद्यमीहरुले आफ्नो व्यावसायमा अझ उत्साहका साथ लगनशील भएर लागून र व्यावसाय प्रर्बद्धन गरुन भन्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको महिला उद्यमी प्रर्बद्धन समितिकी संयोजक मिना उप्रेतिले बताइन् । पुस २७ बाट सुरु भएको रत्ननगर महोत्सव माघ ७ गते सम्म सञ्चालन हुने छ ।

Promise Education Consultancy