भलिबल प्रतियोगितामा चुलो रेष्टुरेष्ट विजयी

रत्ननगर । रत्ननगर महोत्सव अन्तर्गत आयोजना गरिएको खुल्ला नकआउट भलिवल प्रतियोगिताको उपाधि नारायणगढमा रहेको चुलो रेष्टुरेष्टले जितेको छ । रत्ननगर उद्योग बाणिज्य संघ अन्र्तगतको खेलकुद व्यवस्थापन समितिले आयोजना गरेको सो प्रतियोगिताको फाईनल खेलमा महेन्द्रदल गढ भरतपुरलाई हराउदै रत्ननगरका बरुणबाबु घिमिरेको चुलो रेष्टुरेष्टले उपाधि जितेको हो । फाईनल खेलमा तीन सेट चुलो ले र एक सेट महेन्द्रदल गणले जितेका थियो । प्रतियोगिमा पहिलो हुने चुलो रेष्टुरेण्टले ७० हजार पुरस्कार,ट्रफि र प्रमाणपत्र,दोश्रो हुने महेन्द्रदल गणले ४५ हजार पुरस्कार ट्रफि र प्रमाणपत्र र सान्त्वना हुने बलेसी फ्यान क्लव सौराहा र बागवनी भतपुरले १५÷१५ हजार पुरस्कार र ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन । पुरस्कार महोत्सवको अन्तिम दिने गरिने खुलकुद समितिका संयोजक सोहेन्द्रराज खरेलले जानकारी दिए । माघ दुई गतेबाट सुरु भएको सो भलिवल प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको थियो । फाईलन खेलमा रत्ननगर नगरपालिकाका मेयर नारायण वन,महोत्सवका संयोजक राजाराम रेग्मी,संघका निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुराल,संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,उपाध्यक्ष विनोदल पोखरेल महासचिव निराजन खनाल,एच एण्ड एफ पोल्ट्री ग्रुपका अध्यक्ष पुरु खनालको सहभागिता रहेको उपस्थितिमा भएको थियो । त्यसैगरी प्रतियोगिता सम्पन्न गर्न सहसंयोजकहरु बरुणबाबु घिमिरे,विकास डल्लाकोटी र संघका कार्यसमिति सदस्यहरु हरि अधिकारी,रामरशण नेपाल,कविन घिमिरे,सिताराम भट्टराई,शिवलाल श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेका थिए ।

Promise Education Consultancy