युएईमा एक नेपालीको सुतेकै ठाउँमा ज्यान गयो

 

चितवन,५ माघ । युएईमा एक जना नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्ला कालीपोखरी ९ यमुनाडाडा का अमृत श्रेष्ठ को युएई अबुधाबी मा मृत्यु भएको हो । श्रेष्ठ काठमाडौं स्थित सामाखुसी मा ,रहेको आरबी ओभरसिजबाट युएई पुगेका हुन् । सेक्युरिटी गार्ड मिडलस्टमा कार्यरत उनको बेलुकी खाना खाएर सुतेको अवस्थामा बिहिबार बिहानको समयमा हृदयघात का कारण मृत्यु भएको संगै कार्यरत साथी राम काप्रीले सौराहा अनलाईनलाई जानकारी दिए । उनको एक छोरा र श्रीमती सन्जिता श्रेष्ठ छन् ।

४० दिन अघि पनि सेक्युरिटी गार्ड मिडलस्ट कम्पनीमै कार्यरत चीतवनका भरत घिमिरेको पनि सुतेकै अवस्थामा मृत्यु भएको थियो ।

 

Promise Education Consultancy