फलफुल व्यवसायीबाट मनग्य आम्दानी गदै अनिता

नवलपुर माघ ४ । मेहनतले गरे स्वदेशमै पनि जिविकोपार्जनका अनेक माध्यम जुट्न सक्छन् भन्ने उदाहरण हाम्रो आखा अगाढी धेरै छन् ।

काम गर्ने चाहाना हुनेलाई एउटै उदाहरण ठुलो पेरणाको स्रोत बन्न सक्छ । तर काम नगरी कुरा गर्नेलाई हातैमा काम दिएपनि त्यो फलदायी बन्न सकदैन् । काम गर्ने चाहाना भएकाहरुका लागी पैसा कमाउन कुनै नया र ठुलो काम गर्न प्रदैन् त्यसको एउटा उदाहरण बनेका छन् ।
कावासोती नगरपालिका फलफूल चोकका व्यवसायी । कावासोतीको सानो चोकमै दैनिक १० क्विन्टल बराबरको फलफूल बिक्रीवितरण गरिरहेको बताउँछन् यहाँका व्यवसायी ।
यहाँ स्वदेश तथा विदेशबाट फलफूल आउने र थोकमा खरिदबिक्री हुने गर्छ । स्वदेशी फलफूल स्याङ्जा, पाल्पा र नवलपरासीबाट आउने तथा विदेशी फलफूल भारत र चीनबाट आउने बताउनुहुन्छ, कावासोती बजार व्यवस्थापक अनिता चापागाई ।

थारै लगानी गरेर फलफूल ब्यबसाय सुरु गरे पनि नियमित आम्दानी हुने भएकाले व्यवसायबाट दैनिक जिविकोपार्जन भएको बताउँछन् यहाँका व्यवसायीहरु ।

केरा व्यापारबाट मात्र पनि जिविकोपार्जन चलिरहेको बताउनुहुन्छ उमापति चापागाई । तीन बर्ष अगाडीदेखी केरा व्यापार गर्दै आउनुभएका चापागाईँले बेमौसममा पनि दैनिक १० घरी केरा बिक्री हुने बताउनुहुन्छ ।
गर्मीे मौसममा एक दिनमै एक ट्रक केरा व्यापार हुने गरेको उहा बताउनुहुन्छ । ब्यापार ब्यबसाय गर्ने हो भने बैदेशिक यात्राको भर पर्न नपर्ने परिवारसंग बसेर नै कमाउन सकिने उहाँको अनुभव छ ।

फलफूल व्यापार बढी हुने भएकाले चोकको नाम नै फलपूmल चोक रहेको यो चोकमा अझै पनि आवश्यकताअनुसारको प्रविधिको विकास नभएकोमा भने व्यापारीहरु चिन्तित छन् । फलफुल चोकमा सबिधा युक्त कोल्डस्टोर निमार्ण गरी ब्यवस्थीत तवरबाट फलफूल ब्यापार गर्न सकियो भने यो नमूना फलफूल बजार बन्न सक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

Promise Education Consultancy