चौथो चितवन च्याम्पियनसिप कप माघ १६ गतेदेखि हुने

चितवन, माघ ४ । चौथो चितवन च्याम्पियनसिप कप–२०७४ माघ १६ गते देखि सुरु हुने भएको छ ।
आगामी माघ १६ गतेदेखि फागुन २ गतेसम्म भरतपुर (जुनियर प्रहरी अधिकृत शिक्षालय) मा प्यासिफिक कलेज अष्टे«लिया चौथो चितवन च्याम्पियनसिप कप–२०७४ हुने भएको हो ।
एभरेष्ट क्लव भरतपुरको आयोजनामा हुने चितवन च्याम्पियनसिप कप फुटबलमा पहिलो हुनेले पुरस्कार नगद २ लाख २२ हजार २ सय २२ रहेको छ । पहिलो हुनेले नगद पुरस्कार सहित च्याम्पियन कप, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ र मेडल रहेको छ ।
सेमीफाइनलबाट बाहिरिने दुई टिमले नगद २५ हजारका दरले पाउने आयोजक एभरेष्ट क्लवका अध्यक्ष अशोक देवकोटाले बताए ।
जिल्ला सदरमुकाम भरतपुरमा विहीबार पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगितामा रजहर, गैंडाकोट र हेटौंडाका तीन वटा अतिथि टिम सहित कुल १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । खेल नकआउट आधारमा खेलाइने अध्यक्ष देवकोटाले बताए ।
खेलको टाइ सिट भने माग ८ गते सार्वजनिक गरिने क्लवका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । यस खेलेको मुख्य प्रायोजक प्यासिफिक कलेज अफ टेक्नोलोजी रहेको छ ।
चितवन च्याम्पिनयसिप कपलाई चितवनकै गौरवपूर्ण खेल संस्कृतिको रुपमा विकास गरिने सल्लाहकार पनेरुले बताए ।

Promise Education Consultancy