एन.आई.सी.एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

 

झापा, ४ माघ । एन आई सी एशिया बैंकको नयाँ शाखा शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापा स्थित झिलझिले शाखाको आज एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठले समुद्घाटन गरेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १ सय ४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको बैकका सूचना अधिकारी एवं सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानले जानकारी दिए ।

Promise Education Consultancy