रत्ननगर नगरपालिकाद्धारा शिक्षाको गुणस्तर सुर्धान प्रधानाध्याकलाई आग्रह

रत्ननगर ०४ माघ । रत्ननगर नगर कार्यपालिका मेयर नारायण वनले शिक्षाको गुणस्तर सुधार्न ध्यान केन्द्रित गर्न भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरेका छन । मेयर नारायण वनले नगरको शैक्षिक अबस्था सुधार गर्न गुणस्तरीय शिक्षाको लागि गर्नुपर्ने सबै उपाय अबलम्बन गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिएको हो । शैक्षिक गुणस्तर सुधारका लागि गर्नुपर्ने कामहरुका बारेमा प्रधानाध्यापकहरुसंग छलफल गर्दै मेयर वनले परिणाममुखी सिकाईमा जोड दिन आग्रह गरे । परीक्षामा विद्यार्थी अनुतिर्ण हुने अबस्था अब आउनु हुदैन उनले भने यो विषयमा गम्भिर भएर लाग्नुहोस । चैतमा हुने एसईई परीक्षालाई लक्षित गर्दै मेयर वनले सो परीक्षामा सत प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी शिक्षण शिकाईलाई प्रभावकारी बनाउन प्रधानाध्यापकहरुलाई आग्रह गरे । कमजोर विद्यार्थीलाई नियमित काउन्सीलिङ गर्नुहोस उनले भने तपाईहरुले गरेको काउन्सीलिङले उसलाई अध्ययनमा रुची जागोस । परीक्षा आउन दुई महिना मात्र बाँकी रहेको भन्दै मेयर वनले आवश्यक परे अतिरिक्त कक्षा सञ्चालन गर्नुहोस त्यसका लागि आर्थिक सहयोग नगरपालिकाले गर्नेछ । उनले गरिवी,दलित र जनजातिका विद्यार्थीहरुलाई ध्यान दिन शिक्षकहरुलाई आग्रह गरे । विपन्न बर्गका विद्यार्थीहरुलाई शिक्षामा माथी पुरयाउने नगरपालिकाको लक्ष्य रहेको भन्दै उनले नगरपालिकाका शैक्षिक योजना अनुसार आफ्ना शैक्षिक गतिविधि अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले विद्यालयमा देखिने वेतिथिको मार विद्यार्थीहरुको शिक्षामा पर्न नहुने बताए

Promise Education Consultancy