अष्टे्रेलिया पढ्ने जाने विद्यार्थीलाई प्रकृयाबारे जानकारी

चितवन, ४ माघ । विद्यार्थीलाई वैदेशिक अध्ययनको लागि अष्ट्रेलिया पठाउँदै आएको शैक्षिक संस्था एईसीसी ग्लोबलले अष्ट्रेलियन एजुकेश फेयर एण्ड इभेन्ट गरेको छ । एईसीसीले बिहीबार भरतपुरमा अष्ट्रेलियन एड्मिसन डेको आयोजना गरेर वदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुको लागि विशेष शैक्षिक परामर्श प्रदान गरेको हो ।

एईसीसीले वर्षमा कम्तिमा दुई पटक आयोजना गर्दै आएको एजुकेशन फेयर यस वर्ष जनवरीको १६, १८ र १९ तारिकका दिन काठमाडौँ, पोखरा र भरतपुरमा गरिरहेको छ । काठमाडौँमा आयोजना हुने अष्ट्रेलिया एड्मिशन डेमा ३४ प्रकारको कोर्ष प्रदायकको सहभागिता रहने भएपनि चितवनमा भने १४ प्रकारको कोर्ष प्रदायकहरुको मात्रै सहभागिता रहेको थियो । विद्यार्थी तथा उनीहरुको अभिभावकलाई प्रत्यक्ष अष्ट्रेलियन कोर्ष प्रदायकलाई भेटेर भर्ना छात्रवृत्ति तथा भिसा डक्युमेन्टेशनसँग सम्बन्धित जिज्ञासा मेटाउनको लागि कार्यक्रम गरेको एईसीसी ग्लोबलका डेष्टिनेशन प्रमुख शैलेश कुमार झाले बताए ।

विद्यार्थीहरु सोझै विश्वविद्यालय पुगेर परामर्श लिन सक्ने अवस्था नरहेको कारण विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीसँग भेट गराउनको लागि यस्ता कार्यक्रम आयोजना गरिने झाको भनाइ थियो । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा पूरा गर्नुपर्ने प्रकृयाको बारेमा जानकारी सँगै शैक्षिक ऋण तथा अन्य विषयमा जानकारी समेत दिइएको थियो । शैक्षिक ऋणको लागि अपनाउनुपर्ने प्रकृयाको बारेमा बैंकबाट नै प्रतिनिधिहरु बोलाएर विद्यार्थी तथा उनीहरुको अभिभावकलाई परामर्श प्रदान गरिएको थियो ।

Promise Education Consultancy