नेविसंघद्धारा कृषि तथा बन बिज्ञान विश्वविद्यालय बन्द

चितवन, ४ माघ । नेपाल बिद्यार्थी संघले कृषि तथा बन बिज्ञान विश्व विद्यालयल बन्द गराएको छ । कृषि तथा बन बिज्ञान विश्व विद्यालयलमा आर्थिक अनियमितता भएको भन्दै नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले बन्द गराएको हो
संयोजक सरोज रेग्मीद्धारा जारी विज्ञप्तिमा विभिन्न पदाधिकारीका नाममा करिब ३ करोड रुपैयाँमा विभिन्न ब्राण्डका गाडी विश्व विद्यालयद्वारा ल्याउने र त्यस मार्फत आर्थिक दोहन गर्ने काम भएकाले तत्काल रोक्न नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले चेतावनी दिएको छ ।

राजनीतिक स्वार्थ पुरा गर्न भन्दा भौतिक संरचनाको निर्माण अवस्था, प्रयोगशाला र अन्य प्राज्ञिक दरबन्दीको आवश्यक व्यवस्था नगरी हचुवाको भरमा पार्टीगत भागबण्डा मिलाउने काम भएको भन्दै नेपाल विद्यार्थी संघले आफ्ना मागहरु पुरा नभए सम्म विश्वविद्याालयको केन्द्रिय कार्यालयको शौक्षिक र परीक्षा बाहेकका अन्य प्रशासनिक काम कारवाहि बन्द गरेको रेग्मीद्धारा जारी बिज्ञप्तिमा जनाईएको छ ।

Promise Education Consultancy