चितवनमा पशुपालनमा वार्षिक ५० लाख क्षति

चितवन,४ माघ । व्यवसायिकरुपमा पालेका गाई, भैसी र बाख्रामा हुने रोगको संक्रमणका कारण चितवनमा वार्षिक ५० लाखको क्षति हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
रत्ननगर महोत्सवअन्तर्गत रत्ननगरमा बुधबार आयोजना गरिएको पशु स्वास्थ्य तथा दुग्ध व्यवसायको वर्तमान अवस्थासम्बन्धी अन्तक्र्रियामा जिल्ला पशु सेवा कार्यालय भरतपुरका प्रमुख डिल्लीराम सेढाईले पशुहरुमा लाग्ने भ्यागुते र चरचरे रोगका कारण जिल्लाका पशुपालक किसानहरुले वार्षिक ५० लाख क्षति व्यहोर्दै आएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७३/७४ मा मात्र रोग लागेर गाई, भैसी र बाख्रा मरेका कारण जिल्लाका किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको हो ।चितवन पोष्टमा खबर छ ।

मरेका पशुहरुको तथ्याङ्क ठ्याक्कै भन्ने सक्ने अवस्था नरहेको भए पनि सबै भन्दा बढी भ्यागुते रोगका कारण व्यवसायिकरुपमा पालेका बाख्राहरु मरेको उनले जानकारी दिए । ५० लाख प्रत्यक्ष क्षति भएको भए पनि त्यो भन्दा बढी अप्रत्यक्षरुपमा क्षति हुने गरेको उनले बताए । भ्यागुते र चरचरे रोग लागेका पशुहरुमा बाझोपन, थुनाइलो, तुहिने जस्ता समस्याका कारण अझ बढी क्षति हुने गरेको उनको भनाइ छ ।

रोगको निधानको लागि जिल्ला पशु सेवा कार्यालय भरतपुरले पशुहरुलाई भ्याक्सिन लगाउने काम अभियानकै रुपमा अगाडि बढाएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७३०७४ मा भ्यागुते रोगका विरुद्धमा दिइने ४५ हजार पशुलाई भ्याक्सिन दिइएको उनले बताए ।

चालु आर्थिक वर्षमा पनि २० हजार भ्याक्सिन किसानहरुको गोठमा पु¥याउन जिल्लाका सेवा केन्द्रहरुमा पठाइएको उनले बताए । पशुहरुलाई बढी जाडो भयो भने, बढी गर्मी भयो भने, तनाव र खाना कम भयो भने भ्यागुते रोगले आक्रमण गर्ने गर्दछ । पशुहरुको छाला सुनिने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने, जिब्रो सुनिने, घाँटी घ्यारघ्यार गर्ने भ्यागुते रोगको लक्षण रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख सेढाईले बताए ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा व्यवसायिक पशुपालक कृषक समाज रत्ननगर र नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्थाको सहयोगमा सो अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पशुपंछी विकास मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले पशुपालनमा सरकारी अनुदानको अपेक्षा गर्दा परर्निभरता बढ्ने बताए । पशुपालनमा राज्यले गरेको लगानीले किसानहरुलाई परर्निभरतातर्फ उन्मुख बनाएको भन्दै पशुपालनलाई आत्मर्निभर बनाउन किसानहरुले जागरुक हुनुपर्ने बताए । उनले पशु आहार र पशु स्वास्थ्यको विषय नेपालमा जटिल बन्दै गइरहेको बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पशुको स्वास्थ्य सुधारको लागि रत्ननगरमा दुई जना विशेषज्ञ पशु चिकित्सक पठाइ दिन पशुपंछी विभागलाई आग्रह गरे । उनले अनुत्पादक पशुहरुलाई जथाभावी सडकमा नछाड्न किसानहरुलाई आग्रह गरे । कार्यक्रममा व्यवसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगालेले पशुपालन व्यवसायमा पशुको स्वास्थ्य संरक्षणको विषय चुनौतिपूर्ण बन्दै गइरहेको भन्दै रत्ननगरमा विशेषज्ञसहितको चिकित्सकको टोली आवश्यक रहेको बताए ।
कार्यक्रममा बजार प्रवद्र्धन निर्देशनालयका प्रमुख डा बलराम थापा, पशु स्वास्थ्य निर्देशनालयका पशु चिकित्सक लोकराज भुसाल, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डिल्लीराज सेढाईले गाई भैसीमा लाग्ने रोग र यसको निराकरण र पशु आहार केन्द्रकी प्रमुख नम्रता सिंहले पशु आहारको व्यवस्थापन बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि पशुपंछी विकास मन्त्रालयका सहसचिव बंशी शर्माले टिप्पणी गरेका थिए । रत्ननगर उद्योग वाणिज्य संघका पशुपंछी प्रवद्र्धन समितिका संयोजक पुरू खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्त, व्यवसायिक पशुपालक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे, नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शिवकान्त पौडेललगायतले मन्तव्य राखेका थिए ।

यसैबीच व्यवसायिक पशुपालक कृषक समाज रत्ननगर र नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्थाले संयुक्तरुपमा रत्ननगर भित्रका उत्कृष्ट गाई फर्म, भैसीफर्म, उत्कृष्ट घाँस खेती गर्ने किसान, उत्कृष्ट दुग्ध सहकारीलाई पुरस्कृत गरेको थियो । यसैबीच रत्ननगर महोत्सवको अवसरमा बुधबार नै प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी कार्यशाला गरिएको छ । प्रारम्भिक वातावरणीय परीक्षणको मह¤वको बारेमा बुझाउन पशुपंछी विकास मन्त्रालयले रत्ननगरमा सो कार्यक्रम गरेको हो ।

Promise Education Consultancy