सांसद सिलवाललाई पक्राउ गर्न देशभरीका प्रहरी परिचालन

काठमाडौं,४ माघ । एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न देशभरीका प्रहरी कार्यालयमा पत्राचार भएको छ।कार्यसम्पादन मूल्याकन सम्बन्धि गोप्य कागजपत्र कीर्ते गरेको आरोप झेलिरहेका सिलवालाई प्रहरी प्रधान कार्यालयले देशभरी पत्राचार गरेको हो।

आईजिपी बढुवासम्बन्धि मुद्दामा सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको सर्वोच्चको फैसलाका आधारमा उनीमाथि काठमाडौं प्रहरीले अनुसन्धान गरीरहेको छ। उपत्यकामा उनलाई फेला नपारेपछि काठमाडौं प्रहरीले प्रधान कार्यालयलाई देशभरी खोजीका लागि पत्राचार गरेको थियो। सोही आधारमा देशभरी परिपत्र भएको हो। उपत्यकामा नभेटिएपछि उनलाई पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए।

आफु मलेसियामा रहेको भन्दै अन्र्तवार्ता दिइरहेका सिलवाल भने फरार छन्। फरार भएपछि उनलाई पक्राउ गर्न देशभरीका प्रहरी परिचालन गरिएको हो।

Promise Education Consultancy