गैँडाकोट महोत्सबमा आज राष्ट्रिय लोकदोहोरी गायक पशुपति शर्मा आउदैँ

गैँडाकोट, ४ माघ ।


गैँडाकोट महोत्सबमा आज राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्माको धमाकादार प्रस्तुती रहने भएको छ । महोत्सबको आठौं दिन सर्वाधिक लोकप्रिय गायक शर्मा महोत्सब आउने कुरा बाहिर आएसंगै गैँडाकोट महोत्सब वरपर बिहान देखि भिडभाड बढेको छ ।

आज महोत्सबमा ४० हजार बढि दर्शक महोत्सबमा आउने आयोजकले दाबी गरेको छ । खास गरि बिदाको दिन परेको र अर्को तर्फ विभिन्न आर्कषक स्टल अनि चर्चित गायक पशुपति शर्मा आउने भएकाले आज पनि उल्लासमय बन्ने महोत्सबको प्रचार समिति संयोजक सालिकराम सापकोटाले बताउनुभएको छ ।

Promise Education Consultancy