राजधानीको माग गर्दै वीरगंजमा एक दिने बन्द

वीरगंज ४ माघ । प्रादेशिक राजधानीको माग गर्दै वीरगंजमा आज एक दिने बजार बन्द तथा यातायात बन्द अहवान गरिएको छ ।बन्दकर्ताले विहानै देखि घण्टाघर चोकमा टायर बालेर प्रदर्शकान गररहेका छन भने माईस्थान,मुर्ली,पावर हाउस,गण्डकलगायतको क्षेत्रमा पनि बन्दकर्ता समुहले सवारी साधनमा रोक लगाएका छन् ।ठुला सवारी र लामो दुरीको गाडीलाई बन्द गरिएको छ ।

साइकल मोटरसाइकल र इरिक्सा मात्रै फाटफट रुपमा चलेका छन् ।सार्वजनिक विदा भएकोले सरकारी कार्यालय र स्कुल बन्द छन् ।बुधवार प्रदेश २ को प्रादेशिक अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगंज असन्तुष्ट बन्दै बन्द हडताल तथा प्रदर्शनमा जुटेको हो ।

हिजो दिउँसो देखि राजधानीको विषयमा समाचार सञ्चार माध्यममा खबर आए लगतै वीरगंजवासीले सरकारी निर्णयको विरोध गरेका थिए भने १३ दिन देखि घण्टाघरमा राजधानी माग्दै जारी रिले अनशन समुहले घण्टाघरमै टायर बाल्दै निर्णयको प्रतिलिपि जलाएको थियो ।र बन्द अहवान गर्यो ।

अनशन गर्दै आएको संघर्ष समितिमा काग्रेस,एमाले,माओवादी केन्द्रलगायत दलका नेताहरुको सक्रियता छ ।जब सम्म निर्णय फिर्ता हुदैन तब सम्म आन्दोलन नरोकिने वीरगंज राधानी संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले बताए ।उता, मधेसी गठबन्धनको राजपा (फोरम नेपालले राजधानीको निर्णयको अस्विकार गरेपनि बन्दमा आफनो सहभागिता जनाएको छै ।

राजपाका महासचिव शिव पटेल र संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गर्नुको साथै निर्णय फिर्ताको माग गरे ।

नेता कुर्मीले भने,ुवीरगंज बन्द गराएर केही हुनेवाला छैन,केन्द्रीय तहमा निर्णय गर्ने दल काग्रेस,एमाले र माओवादी नै छन्,त्यसैले तिनीहरुको केन्द्रीय नेताहरुलाई दवाव दिनु जरुरी छ,अब मधेसी गठबन्धन आफनो हिसाबले वीरगंज राजधानी बनाउन पर्सा,बारा,रौतहटका मधेशी दलका नेतासंग राय सुझाव लिइ आन्दोलनको कडा कार्यक्रम ल्याउछ ।

उनले राजधानीको सवालमा सबै दृष्टिकोणले वीरगंज उपयुक्त रहकोले सरकारले गरेको निर्णय गलत गरेको बताए ।आन्दोलन देखि नाकाबन्दीमा जनकपुर भन्दा वीरगंज बढि पीडा र कष्ट भोगेको र भौतिक सरचनाको हिसाबले पनि वीरगंज उतकृष्ट शहर भएकोले आर्थिक नगरी वीरगंजलाई राजधानी बनाउनु पर्ने उनले माग गरे ।

Promise Education Consultancy