भारतीय तीर्थालु चडेको ट्रयाक्टर पल्टिदा एकको मृत्यु, १५ घाइते

नवलपरासी माघ ४ । नवलपरासीमा भारतीय तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

घटनामा अन्य १५ जना तीर्थालु घाइते भएका छन्। मृत्यु हुने र घाइते सबै भारतीय नागरिक हुन्।

नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेला भर्न तीर्थालु बोकेर आउँदै गरेको युपी ५३ बी क्यू ०४२० नम्बरको ट्र्याक्टर विनयी त्रिवेणी गाउँपालिका–६ को तटियाखोलामा दुर्घटनामा परेको हो।

दुर्घटनामा ट्रयाक्टर चालक भारत गोरखपुरका साधु केबटको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर छ।

दुर्घटनामा परेका सबै भारतको गोरखपुरका बासिन्दा हुन्।

Promise Education Consultancy