पर्यापर्यटनबाट मनग्य आम्दानी गदै कुमरोज वन

चितवन माघ ०४ । नेपालको तेश्रो पर्यटकिय गन्तव्य सौराहासंग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट मनग्य आम्दानी गरेको छ ।
सो वनको आम्दानीको श्रोत हात्ती सफारी,जीप सफारी, ढुंगा सयर, मचान हो । आर्थिक वर्ष २०७३÷७४ देखी संचालन गरिएको जीप सफारी कुमरोज वनको मुख्य आम्दानीको श्रोत देखिएको छ ।
सो वनको बुधवार आयोजित ११ औं वार्षिक साधारण सभा तथा छैठौ अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷७४ मा पर्यापर्यटनबाट मात्रै ५९ लाख ९६ हजार रुपैया आम्दानी भएको छ । जस मध्ये जीप सफारीबाट मात्रै ३० लाख ५१ हजार रुपैया आम्दानी भएको छ ।
हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जीप सचालनमा छन् । जीप प्रवेश वापत सामुदायिक वनले प्रति जीप रु ५ सय लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रति व्यक्ती रु ५०,भारीतयलाई रु एक सय र अन्य विदेशीलाई रु २ सय रुपैया लिने गरिएको कुमरोज सामुदायिक वनका अध्यक्ष हिरावहादुर गुरुङले जानकारी दिए ।
त्यस्तै हात्ती प्रवेश टिकट विक्रीबाट १३ लाख ७५ हजार आम्दानी गरेको वनका अध्यक्ष गुरुङले वताए । उनका अनुसार डुंगा सवारबाट ७ लाख ४८ हजार,मचान टिकट विक्री विदेशीबाट ५ लाख ३१ हजार,सोही शीर्षकमा नेपाली पर्यटकबाट ९४ हजार रुपैया रुपैया आम्दानी भएको छ ।
कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ । यस्तै आन्तरीक पर्यटक प्रवेश शुल्कवापत १ लाख ४५ हजार रुपैया,गिट्टी वालुवा विक्रीबाट ६ लाख ३ हजार, आम्दानी भएको छ । आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७३÷७४ मा यस वनले ६९ लाख १९ हजार रुपैया आम्दानी गर्नुका साथै ६५ लाख ३६ हजार रुपैया खर्च भई कुल ३ लाख ८३ हजार रुपैया वचत भएको वनका अध्यक्ष गुरुङले वताए ।
वनको आम्दानी अनुसार वन संरक्षण,सम्र्वद्धन तथा व्यवस्थापन,वन पैदावार संकलन,पर्यटन कार्यक्रम संचालन,सामुदायिक विकासमा पनि उत्तिकै खर्च गरेको छ ।

Promise Education Consultancy