सरकारले तोक्यो प्रदेशको अस्थाई राजधानी र प्रमुख सुचाी सहित

काठमाडौँ, ३ माघ । सरकारले सात वटै प्रदेशका लागि अस्थायी राजधानी र प्रमुख तोकेको छ।लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी  र प्रमुख  तोकेको हो।

प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि तत्कालका लागि अस्थायी राजधानी तोकिएको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए।

अहिले तोकिएको राजधानी उचित नलागेमा प्रदेशसभाले उल्टाउन सक्नेछ।

कुन प्रदेशको अस्थायी राजधानी कहाँ?

प्रदेश १ को विराटनगर
प्रदेश २ को जनकपुर
प्रदेश ३ को हेटौंडा
प्रदेश ४ को पोखरा
प्रदेश ५ को रुपन्देही
प्रदेश ६ को सुर्खेत
प्रदेश ७ को धनगढी

प्रदेश प्रमुखहरु
प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा

प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ

प्रदेश नम्बर ३ मा अनुराधा कोइराला

प्रदेश नम्बर ४ मा बाबुराम कुँवर

प्रदेश नम्बर ५ मा उमाकान्त झा

प्रदेश नम्बर ६ मा दुर्गाकेशर खनाल

प्रदेश नम्बर ७ मा मोहनराज मल्ल

Promise Education Consultancy