२४ थान लागूऔषधसहित एक युवक पक्राउ

दमौली,३ माघ । दमौलीको मुख्य चोकबाट २४ थान लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। व्यास नगरपालिका ६ श्याम्घाका २९ वर्षका कुमानसिंह विक लागूऔषधसहित पक्राउ परेका हुन्।

आठ थान फेनरागन, आठ थान डाइजापाम र आठ थान नुफिन गरी २४ थान लागूऔषधसहित विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिए।

उनको खल्तीबाट उक्त परिमाणको लागूऔषध बरामत गरिएको पाण्डेले बताए। शंकास्पद रूपमा दमौली बजार वरपर घुमिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको र लागूऔषध कारोबार मुद्दामा म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Promise Education Consultancy