द नेक्स्टको अष्ट्रेलियन एजुकेसन फेयर चितवनमा माघ ८ गते हुने

 

चितवन, ३ माघ । चितवनमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले एजुकेसन फेयरको आयोजना गरेको छ । माघ ८ गते भरतपुर गार्डेन रिसोर्टमा हुने फेयरमा अष्ट्रेलियाका २५ कलेज र युनिर्भसिटिको सहभागिता रहने शाखा प्रमुख देव कुमार बुढाथोकिले जानकारी दिनुभयो । उहाँले फेयर मार्फत प्रभावकारी सुचना र सही परामर्श प्राप्त गर्न सकिने वताउनुभयो ।

अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटी,वलङघन युनिभर्सिटी,व्लू माउन्टेन होटल स्कुल,मेलर्बन इन्टिच्यूट अफ टेक्नोलोजी,युनिर्भसिटी अफ न्यू इङल्याण्ड लगाएतका कलेज तथा युनिभर्सिटी फेयरमा सहभागी हुने बुढाथोकिले वताउनुभयो । सो अवसरमा विद्यार्थीहरुले कलेज र युनिभर्सिटीका प्रतिनिधीसंग प्रत्यक्ष कुरा गरेर जानकारी प्रदान गर्न सक्नेछन् ।

फेयरमा सहभागी हुने विद्यार्थीका लागी द नेक्स्टले प्रिभिलेज कार्डको व्यवस्था समेत गरेको छ । सो कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आईएलटिएस कक्षा र अन्य प्रोसेसिङका अवधिमा छुट प्राप्त गर्ने छन् । त्यस्तै फेयरमा सहभागी लक्की विद्यार्थीले आकर्षक उपहार समेत प्राप्त गर्ने कन्सल्टेन्सीले जानकारी दिएको छ ।

केन्द्रिय कार्यालय काठमाडौं रहेको द नेक्स्टको चितवन,वुटवल र पोखरमा शाखा रहेका छन् । सन् २००५ मा स्थापना भएको कन्सल्टेन्सीले हजारौं विद्यार्थी अष्ट्रेलिया पठाउन सफल भएको छ ।

Promise Education Consultancy