नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा फेरि सुरु भो आजदेखि ६ घण्टा वन्द

चितवन, माघ ३ । माघे संक्रान्तीका कारण ४ दिनका लागि २४ घण्टा खुल्ला रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि रातिमा ६ घण्टा बन्द हुने भएको छ ।
सडक निर्माण कार्यका लागि मुग्लिन तीरका पहाडहरु फोड्ने कामका लागि राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी गराए ।

पुस २९ देखि माघ २ गतेसम्म चार दिनका देवघाटको माघी मेलालाई ध्यानमा राखेर यसअघि सो सडक चौविसै घण्टा खुला गरिएको थियो ।
यादवले रातिको समयमा सडक वन्द गरि भित्तो काट्ने काम शुरु हुने भएकाले सो समय नपर्ने गरी समय मिलाएर वैकल्पिक मार्गको प्रयोग सर्वसाधरण र चालकहरुलाई अनुरोध गरे ।

आयोजनाको काम लक्ष्य अनुसार पुरा नभएपछि गएको पुस १८ देखि राति १० बजेबाट ४ बजेसम्म ६ घण्टा सवारी आवागमन बन्द गर्ने जिल्ला प्रशासन कार्यालय चितवनसहित सरोकारवाल विच सहमति भएको थियो ।

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले अर्को निर्णय नभएसम्मका लागि रातिको ६ घण्टा सडक रोकेर काम गरिने जानकारी दिए । ।
सो सडकको ३४ किलोमिटर क्षेत्रको सडक विस्तार कार्य जारी छ । दुई पटक म्याद थप्दा पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।
सडक निर्माणका क्रमको समयमा नसक्दा यस सडक भएर हिडेन यात्रुको सास्ती भने कायमै छ । भने सडक वन्द गर्दा ट्रक चालकहरु निदाउन र ट्राफिक व्यवस्थापन नहुदाँ सबैभन्दा धेरै जामको समस्या छ ।

Promise Education Consultancy