आँबुखैरेनीबाट चितुवाको छाला र हड्डी सहित दुई पक्राउ

तनहुँ २ माघ । तनहुँको आँबुखैरेनी गाँउपालिका–४, पुलजीपबाट प्रहरीले आज मंगलबार अपराह्न २ः३० बजेतिर ३ थान अवैध चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान व्युरो काठमाण्डौ र ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको संयुक्त टोलीले प्राप्त सूचना अनुसार गाडीलाई रोकी खानतलासी लिने क्रममा रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउपालिका–२, को ३५ वर्षिय इट बहादुर घले र गाडि चालक नुवाकोट सुनखानी गाउपालिका–३ का २८ वर्षिय भिम बहादुर तामाङ्ग रहेको ईलाका प्रहरी कार्यालय प्रमुख लोक बहादुर गुरुङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार निजहरुको साथबाट प्रहरीले बा १५ च ७४५६ नं। को रातो स्कोरपियो गाडि सहित ३ थान चितुवाको छाला र ५ किलो ५ सय ५० ग्राम हड्डी समेत बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरुलाई थप कारवाहीको लागि सहायक वन अधिकृत विजय चन्द्र देवकोटा मार्फत जिल्ला वन कार्यालय तनहुँलाई हस्तान्तरण गरिएको प्रहरी प्रमुख गुरुङ्गले बताउनु भयो ।

Promise Education Consultancy