सेना र पुरानो मेडिकलको शिविरबाट ३ सय ५० बढी लाभान्वीत

चितवन, २ माघ । देवघाट मेलामा भक्तजनहरुलाई लक्षित गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
मेलामा आउदाँ भक्तजनहरु विभिन्न खाल समस्या देखिने हुदाँ यस्तो समस्या नआहोस् र उनीहरुको सहजताका लागि आयोजित शिविबाट ३ सय ५० जना भन्दा बढि बिरामीहरुले स्वास्थ्य जाँच गरिएको दि फेमस महेन्द्र दल गणका मेजर राम अधिकारीले जानकारी दिए ।

मकर सक्रान्तीको अवसरमा देवघाट क्षेत्रमा लाग्ने मेलामा हुन सक्ने दुर्घटनाका घाइते, वृद्धावृद्धा बालबालिका, अपाङ्ग तथा भक्तजनहरुलाई स्वास्थ्य सेवा पुराउने उद्देश्यले दि फेमस महेन्द्र दल गण भरतपुरद्वारा कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) र जनप्रेमी मेडिकलको सहकार्यमा शिवरि सञ्चालन गरेको अस्पतालका बजार तथा जनसम्पर्क निर्देशक दुर्गा प्रसाद न्यौपानेले बताए ।

शिविरमा एमडिजिपि डा. रोहण झाको नेतृत्वमा हार्डजोर्नी विशेषज्ञ डा.सुमन लामिछाने, नाक कान घाटी रोग विशेषज्ञ डा.विवेक शर्मा, जनरल फिजिसियन डा. प्रकाश अर्याल, भोला लामिछाने, दिपक राज थपलिया लगायतले सेवा दिएका दिए ।

Promise Education Consultancy