खिचरा महोत्सवमा मिलन र मनोजले गाउदाँ दर्शक उर्लिए

 

चितवन, माघ १ । थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित ‘पाँचौं खिचरा महोत्सव २०७४’ अन्तरगत आज माघी पर्वका दिन उल्लेखीय दर्शक उपस्थिति भएका छन् ।

आज माघीका दिन भएकाले पनि एकै दिन करिव ३० हजार दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिनुभयो ।

आज महोत्सव स्थल प्रवेश गर्न दर्शकहरु लाईन बस्नु परेको थियो । आज चर्चित गायिका मिलन अमात्य र गायक मनोज महतो र ¥यापर आरके चौधरीले दर्शक झुमाएका थिए ।

गायिका अमात्यले बट स्लो ली..गाला रातै गाला रातै…लगायत बोलका आधा दर्जन बढि गीत गाउँदै दर्शक झुमाए भने गायक मनोज महतोले थारुगीतसंगै नेपाली गीत नक्कली रैछौलगायत बोलका आधा दर्जन गीत प्रस्तुत गर्दै दर्शक झुमाए । गायक महतोलाई ¥यापर आरके चौधरीले साथ दिए ।

यस्तै आज अन्तिम समयमा नेपाली चलचित्र ‘लालपुर्जा’का कलाकार सौगात मल्ल र विपिन कार्कीको उपस्थिति रहेको थियो । आज थारु कल्चरका साथै रत्ननगर डान्स ऐकेडेमी र डार्क ऐकेडेमीलगायतको साँस्कृतिक प्रस्तुती रहेको थियो ।

महोत्सव अन्तरगत भोली युवा पुस्तालाई लक्षित गर्दै नेटिभ ब्याण्ड, क्रोमेटिक ब्याण्ड र स्थानीय हास्य कलाकारहरुको प्रस्तुतीसंगै अन्य साँस्कृतिक कार्यक्रम हुने साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए ।

यस्तै महोत्सव अन्तरगत अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित जारी खिचरा महोत्सव माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको छ । महोत्सवमा २ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो ।

महोत्सवमा आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको छ । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ भने करिव १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

Promise Education Consultancy