आज नेपथ्यले नारायणी किनार तताउदैँ

चितवन, १ माघ । आज माघे संक्रान्तिको अवसरमा नारायणी नदी किनारमा ‘नेपथ्य लाइभ कन्र्सट–२०१८’ हुदैँ छ।
फरक र मौलिक स्वाद लिएर सांगीतिक क्षेत्रमा चर्चित रहेको ‘नेपथ्य’ ब्याण्डले माघ १ गते साँझ ६ बजेबाट करिब ३ घण्टा तताउनेछ ।
दाताज इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको हो ।
कार्यक्रमको प्रचारप्रसार गर्न स्थानीय कलाकारको साथमा ‘प्रि–इभेन्ट म्युजिकल टुर’समेत गरिएका छन् । चितवन र आसपास जिल्लामा कार्यक्रम गरेर विशेष छुट तथा अफरमा टिकट बिक्री गरिएको घिमिरेले बताए । उनका अनुसार चितवन र नवलपरासीका कलेज, स्कूल र मुख्य चोक–चोकमा दर्जनौं कार्यक्रम गरिएका छन् ।
नेपथ्यले २५ औं वर्षगाँठ मनाइरहेको छ । यही अवसरमा मुलुकका विभिन्न सहरमा गर्न लागेको कार्यक्रमअन्तर्गत चितवनमा पनि यो कार्यक्रम गर्न लागिएको हो । “४ वर्षदेखि हामीले धेरै सांगीतिक कार्यक्रम गरेका छौँ”, घिमिरेले भने, “यसपालि ज्यादै ठूलो ‘क्राउड’का बीचमा नेपथ्यलाई ल्याउँदैछौँ, यो ठूलो कार्यक्रम हो ।” नेपाली लोक, आधुनिक क्षेत्रमा सर्वोत्कृष्ट व्याण्डका रुपमा स्थापित नेपथ्यलाई चितवन ल्याउनु ठूलो उपलब्धी भएको उनले बताए ।
यो कार्यक्रमलाई मेट्स एजुकेसन प्रालिको मुख्य प्रायोजन गरेको छ । कार्यक्रम स्थलमा साँझ ६ बजे अघि नै प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रवेशका लागि टिकटको मूल्यअनुसारका दुई–दुई वटा गेटको व्यवस्था गरिएको छ । साँझ ६ बजेदेखि सुरु हुने सो कार्यक्रममा उच्चस्तरीय साउण्ड सिष्टमको व्यवस्था गरिएको छ । कार्यक्रम स्थलमा मदिरा तथा सूर्तिजन्य पदार्थको प्रयोगमा निषेध गरिएको छ । नेपथ्य व्याण्डका संस्थापक तथा मुख्य गायक अमृत गुरुङसहितको टोली सो कार्यक्रममा सहभागी हुनेछ । नेपथ्यका ‘रेशम’, ‘छेक्यो–छेक्यो देउराली डाँडा’, ‘तालको पानी’ ‘हिमाल चुचुरो’ जस्ता चर्चित गीत युवाले खुबै रुचाएका छन् ।