उद्योग बाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना शुरु

चितवन,१ माघ । उद्योग बाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना शुरु भएको छ ।
उद्योग र बाणिज्यतर्फका सदस्यहरुको मतगणना जारी छ । आज मध्यरातसम्ममा नतिजा सार्वजनिक हुन सक्ने संघका अध्यक्ष राजन गौतमले जानकारी दिनुभएको छ ।
आईतबार सम्पन्न निर्वाचनमा २ हजार ७ सय ४७ मत खसेको छ ।
संघको नयाँ नेतृत्वका लागि हालका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान गरि दुई प्यानल चुनावी मैदान उत्रिएका थिए ।

Promise Education Consultancy