थप उपचारका लागि सीता दाहाललार्इ दिल्ली लगियो

काठमाडौ १ माघ । माअाेवादी केन्द्रकी सल्लाहकार सीता दाहाललार्इ थप उपचारका लागि आइतबार बिहान नयाँ दिल्ली लगिएकाे छ ।
नर्भिक अस्पतालले रिफर गरेपछि थप उपचार गर्न दिल्ली लगिएकाे माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए ।
लामाे समयदेखि सुगर, प्रेसर, थाइराइडकाे उपचार गराउँदै अाएकी सीतालार्इ पछिल्लाे समय समस्या बढेपछि जाँचका लागि नर्भिक इन्टरनेशनल अस्पताल लगिएकाे थियाे ।
केही वर्षदेखि नर्भिकमै स्वास्थ्य जाँच गराउँदै अाएकी सीतालार्इ थप उपचारका लागि दिल्ली लैजान अस्पतालले सुझाब दिएकाले लगिएकाे प्रेस संयाेजक तिमिल्सेनाले बताए ।
छोरा प्रकाश दाहालको निधनपछि उनी सामान्य अवस्थामा आउन सकेकी छैनन् ।