९ बुदेँ माग सहित नेविसंघ चितवनको धर्ना

 

आशिष उप्रेती
चितवन, पुस ३० । नेपाल विद्यार्थी संघ (नेविसं) जिल्ला कार्य समिति चितवनले आज जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन् ।
उनीहरुले केहि समय अघिदेखि नै विभिन्न मागहरु राख्दै आएको र आफ्ना विभिन्न मागहरु पूरा नभएको भन्दै आजबाट कार्यालयमा धर्ना दिएको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति चितवनका अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो ।

बेरोजगार भएका जनशक्रिहरुलाई सरकारले रोजगारी तथा भत्ताको व्यवस्था गर्नुपर्ने, शैक्षिक विमाको व्यवस्था हुनुपर्ने, विद्यार्थीको प्रमाण पत्र धरौटिमा राखेर शैक्षिक क्रणको व्यवस्था हुनुपर्ने, सबै स्थानिय तहहरुमा प्राविधिक शिक्षालय हुनुपर्ने माग मुख्य रुपमा अगाडी सारिएको छ । भने देशभरीका सबै शैक्षिक संस्थाहरुमा ई लाईबेरीको व्यवस्था हुनुपर्ने र निर्वाचनका क्रममा घाईते भएकाहरुलाई निशुल्क उपचार तथा क्षतिपुर्ती तत्काल उपलबध गराउनुपर्ने लगायतका ९ बुदे माग सहित धर्ना बसेका हुन् ।
माग सम्बोधन नभए माघ २ गते दवाब र्याली र माघ ५ गते पुन अनशन बस्ने चेतावनी समेत दिएका छन् ।

Promise Education Consultancy