उवासंघमा २७ सय ४७ जना व्यवसायी गरे मतदान, भोली बिहान ९ बजेबाट मतगणना हुने

 

चितवन, ३० पुस । उद्योग वाणिज्य संघ चितवनको मतदान प्रक्रिया सकिएको छ । संघ नयाँ नेतृत्वका लागि हालका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान गरि दुई प्यानल चुनावी मैदान उत्रिएका थिए ।

विहान ९ बजे दखि शुरु भएको मतदान साँझ ५ बजेर ४० मिनेटमा सकिएको छ ।
कुल २८ सय ५६ मतदाता मध्ये २७ सय ४७ मतदान गरेको मुख्य निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिए।
यो कुल मतदाता संख्याको ९६ दशमलव १८ प्रतिशत हुन आउँछ ।

मतदानका लागि व्यवसायीहरुको उत्साहपुर्ण सहभागीता रहेको थियो ।
निर्वाचन अधिकृत भण्डारी का अनुसार भोली (सोमबार) विहान ९ बजे दखि मतगणना सुरु हुनेछ । निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

Promise Education Consultancy