खिचरा महोत्सवको वक्तृत्वकलामा मोडर्न बोर्डिङकी आरती प्रथम

 

चितवन, पुस ३० । पाँचौ खिचरा महोत्सव २०७४ अन्तरगत आज (आईतबार) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोडर्न ईङ्ग्लीस स्कूलकी आरती तिमिल्सीना प्रथम, माबि ब्रह्मनगरकी अनु आचार्य द्वितीय र लिटिल ह्याभन इङ्ग्लीस स्कुलकी सुस्मिता अधिकारी तृतीय भएका छन् । “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा, धर्म नेपालको पहिचान” शीर्षकमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरुलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

नगद पुरस्कार राशी भण्डारास्थित लुलु बुक्स एण्ड स्टेशनरीका सञ्चालक राजीब चौधरीले प्रायोजन गरेका थिए प्रतियोगिताका निर्णायकमा धनराज गिरी, चेतराज रेग्मी र पदम अर्याल रहेका थिए । कार्यक्रममा साहित्यकार धनराज गिरीले आफ्ना प्रकाशित र अप्रकाशित गजलहरु पनि वाचन गरेका थिए ।

पूर्वी चितवन प्याबसनका अध्यक्ष धनप्रसाद रेग्मीको प्रमुख अतिथि सम्पन्न भएको प्रतियोगितामा शैक्षिक तथा खेलकुद समितिका संयोजक धनवीर चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Promise Education Consultancy