डेढ करोडको कृषि लगानी गर्दै नवयुग नेपाल

सुवास खड्का
दोहा, ३० पुस । नवयुग नेपाल एग्रो प्रालिले बिदेशी डेढ करोडको लगानी कृषि क्षेत्रमा काम गर्ने भएको छ ।

गतबर्ष चैतमा सामुदायिक लगानी, समाजको उन्नति, समाजको उन्न्ति नै राष्ट्रको प्रगति” भन्ने मूल नारा र प्रतिवद्धताका साथ खाडी मुलुक कतारमा रहिबसी विभिन्न पेशामा आवद्ध नेपालीहरूको एक भेलाले होमनाथ बासकोटाको अध्यक्षतामा नवयुग नेपाल गठन गरेको थियो ।

जस अन्तर्गत नै कम्पनीको पहिलो सुरुवाति कार्य चितवनको भरतपुर माहानगरपालिका २६ खद्रोलिमा ३५०० कमर्सियल लेयर्स कुखुरा पालनबाट गर्न लागिएको कम्पनीका अध्यक्ष होमनाथ बास्कोटाले जानकारी दिनुभयो ।
साथै उहाँले कम्पनीको प्रधान कार्यलय चन्द्रागिरि नगरपालिका १० काठमाडौं मा रहेको समेत बताउनुभयो ।

कुल ६ जना संचालक समिति रहेको नवयुग नेपाल एग्रो प्रालिमा कुल १८ जनाको शेयर सदस्य संख्या रहेको छ।
आफ्नो गृहजिल्लामा डेड करोडको लगानीबाट नवयुगको काम सुरुवात भएकोमा र यसको मुख्य जिम्मेवारी आफुमा आएर आफुलाई धेरै जिम्मेवारीबोध गराउने संचालक समिति शेयर सदस्य साथीभाइ लगायत सबैलाई ओजपर्ण रुपमा धन्यवाद सहितखुशि ब्यक्त गर्दे कम्पनीका सह कोषाध्यक्ष बिमल आचार्यले थप लगानी बढाउन केन्द्रीय तहसम्म जानकारी गराउने बताउनुभयो साथै विभिन्न ठाउँ भुगोल र बाताबरणको बैज्ञानिक अनुसन्धानका साथ साथै उत्पादनमुखि राष्ट्रको परिकल्पना आफुहरुको चाहाना भएको सचिव प्रकाश चन्दर दर्नालले बताउदै थप जिम्मेवारी बहन गरि समग्ररुपमा अझै एकिकृत ढंगले अगाडि बढनु पर्ने बताउनु भयो।
यस्तै कम्पनीको कोषाध्यक्षमामा रहनुहुने बाबुराम गैरेले युवालाई कृषि कै माध्यमबाट मात्रै पलायनको बाटो रोक्न सकिने भन्दै हाम्रो नवयुगले ७५ वटै जिल्लामा नाम लेखाउने छ भन्नुभयो ।

कम्पनी कै उपाध्यक्ष रहनुहुने गणेश भण्डारीले हामीले नगरे कसले गरने अहिले नगरे कसले गर्ने भनाइलाई मनन गर्दै हामीले नवयुगको सुरुवात गरेका छौ र छिटोभन्दा छिटो हामी हाम्रो यश कम्पनीलाई। कृषि क्रान्तिका रुपमा स्थापित गराउनेछौ यसैबिच सबै शेयर सदस्यलाई धन्यवाद का साथै लगानी सुनिश्चितताका धेरै आधारहरुले नवयुगमा सबैलाई आकर्षण गरिरहेको बताउदै अध्यक्ष होमनाथ बास्कोटाले तत्काल कम्पनीको पहिलो कुखुरा फर्ममा ३ जना कर्मचारी रहने बताउनु भयो ।
जसमा १ जना मुख्य म्यानेजमेन्ट का रुपमा लोकनाथ पौडेल र अन्य स्थानिय स्तरका दुई जना रहनुभएको छ।
मोरङ जन्म भुमि भए पनि आफु चितवन पुगेर कम्पनीको पहिलो कार्य सुरुवात गर्न पाउँदा आफु निकै हर्षित र खुशी रहेको भन्दै अध्यक्ष बास्कोटाले सबैभन्दा ठुलो कुरा बिदेश मा मात्रै दुख गरिरहेका सबैले स्थापना गरेको कम्पनीको जिम्मेवारीबाट कोहि पनि डराउनुनहुने भन्दै धैर्य संयमित र लगनशीलता देखाउनु पर्नेमा जोड दिनुभयो ।

Promise Education Consultancy