फास्ट ट्रयाक निर्माण चुनैतिपुर्ण साथै उपलब्धी मुलक : मन्त्री बलायर

 

 

श्याम गुप्ता

बारा , ३० पुस  । काठमाण्डौंलाई तराईसँग जोड्ने एक महत्त्वपूर्ण मार्गका रुपमा रहेको काठमाण्डौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई नेपाली सेनाले तिब्र गतिमा अगाडी बढाएको छ । सरकारले लामो संघर्ष पश्चात फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएसँगै दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्यले गति लिएको हो ।

बाराको निजगढमा जोडिने सो दु्रतमार्गको कामको स्थलगत निरिक्षण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर , नेपाली सेनाका उपरथी योगेन्द्र बहादुर खाण लगायतका टोलीले निजगढ आएका हुँन् ।

स्थलगत अबलेकन पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले भने काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको स्थलगत अबलेकन गर्दा प्रगति देखिएको र देशलाई धेरै ठुलो चुनैतिपुर्ण साथै उपलब्धी मुलक रहेको यस आयोजनालाई समय अबधि भित्रै सम्पन्न गर्न सबै गम्भिर रहनु पर्ने जरुरत रहेकोे छ बताए ।

उनले बाराको निजगढबाट काठमाडौं जोडने यस दु्रतमार्गको कामलाई नेपाली सेनामात्र पुण नरेहेको बताउदै उनले महत्त्वपूण आयोजनामा अन्तरिक तथा बाहिय प्रबिधक, स्थानिय जनता, नेपाल सरकार र देशकौ सहयोग आबश्यक रहेको साथै दु्रतमार्गको कामलाई अगाडि बढाउन छिटै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरि समय भित्रमै निर्माण कार्य सम्पन्न गर्नु पर्ने बताए ।

यता बहुप्रतीक्षित काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को सबै प्रक्रिया पूरा नभए पनि अहिले काम थालिहाल्न समस्या नरहेको र डीपीआरका लागि सेनाले डिजाईन गरिरहेको साथै त्यही डिजाईन अनुसार निमाणकार्य सुरुबात भईसकेको नेपाली सेनाका उपरथी योगेन्द्र बहादुर खाणले बताए ।

उनले राष्ट्रिय गौरवका योजना अन्तरगत पर्ने यो योजनालाई गुणस्तरीय तरीकाले चार वर्ष भित्र सम्पन्न हुने गरी कार्ययोजना बनाएर काम अगाडि बढाएको समेत उनले बताए । उनले खोलिएका सडकका ट्रयाकहरुलाई सफा गर्ने, सम्याउने र मोडहरु मिलाउने काम करिब अन्तिम चरणमा पुगेको बताउदै उपरथी खाणले ईन्जिनिरले गरेको डिजाइन अनुसार दु्रतमार्गको कामलाई अगाडि बढाउन शिविर ब्यवस्थापनका साथै ईन्जिनियरीङ्ग डिजाईनका कामपनि भैरहेको जानकारी दिएका छन् ।

चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक तयार पार्ने सरकारी योजना छ । ७६ दशमलव दुई किलोमिटरको द्रुतमार्ग पहाडी क्षेत्रमा २३ र तराईमा २५ मिटर चौडाइको हुनेछ साथै उक्त मार्गमा ९९ सय वटा पुल निर्माण गरिने छ । ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली, इपागढी, छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढमा पूर्वपश्चिम राजमार्गमा द्रुतमार्ग जोडिने छ ।

यस अघि ट्रयाक खोल्ने काम पनि सेनाले गरेको थियो । आवश्यक दक्ष जनशक्ति बाहिरबाट पनि ल्याएर काम गरिने सेनाले जनाएको छ ।

Promise Education Consultancy