देवघाटमा माघे संक्रान्ति मेला शुरु, ३ लाख बढी भक्तजनहरु आउने अनुमान

चितवन, ३० पुस । पवित्र धार्मिक तिर्थस्थल देवघाटधाममा आजेदेखि माघे संक्रान्ति मेला शुरु भएको छ ।
देवघाटधाममा हरेक वर्ष जस्तै माघ १ गतेको अघिल्लो दिन आज पुस ३० गते नवलपरासी, तनहुँ र चितवनको संगमस्थल वेणीमा विधिवत रुपमा आज विहान ९ वजे बाँसको लिंगो गाडेर माघी मेलाको शुभारम्भ गरिएको थियो ।
एक भव्य समारोहका विच गलेश्वर आश्रमका पिठाधिस आत्मानन्द गिरिजी माहाराजको नेतृत्वमा विभिन्न आश्रमका पिठाधिस, देवघाट क्षेत्रविकास समितिका अधयक्ष टंकनाथ पौडेलसहितको टोलीले बाँसको लिंगो गाडेर माघी मेलाको शुभारम्भ गरेका थिए र

माघे संक्रान्तिको अघिल्लो दिन साइत हेरेर पिठाधिसहरुवाट लिंगो गाड्ने प्रचलन अनुसार यसवर्ष पनि आज विहान ९ वजेको साईतमा लिंगो गाडिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

३ दिनसम्म लाग्ने मेलामा ३ लाख बढी भक्तजनहरु आउने अनुमा गरेको उनले बताए ।
माघ महिनाभर मकर स्नानका लागी श्रद्धालुहरु देवघाट आउने गर्दछन् । भने देवघाट क्षेत्र विकास समितिले नुहाउने स्थान, स्नान स्थलसम्म जाने साधन, बाटो लगायतको सुविधा मिलाएको छ ।
कालीगण्डकी र त्रिशुली नदी मिसिएको संगम स्थलमा नुहाउने ठाउँ सुरक्षित पार्न बाँस गाडेर ६ लाइनको डोरी लागाइएको छ ।
गएको वर्ष तीन लाइनको डोरी राखिएकोमा अहिले बढाएर छ लाइन वनाइएको अध्यक्ष पौडेलले बताए ।
माघे संक्रान्तिको समयमा एकतर्फि रुपमा रामनगर ठिमुरा हुंदै देवघाट जानुपर्ने र फर्किदा पिचबाटो हुंदै आंपचारी निस्कनुपर्ने उनले वताए ।
तिर्थयात्रीहरुको लागि देवघाट जाने आउने बाटो व्यवस्थापनको सम्पुर्ण काम सकिएको पौडेलले जानकारी दिए ।
मकर स्नान गर्नका लागि माघे संक्रान्तिको राति नै ३३ कोटी देवताहरु आएर देवघाटको बेणिा संगममा स्थान गर्ने धार्मिक विश्वास रहेको छ । भक्तजनहरुलाइ कुनै पनि असुविधा हुन नदिन १ सय ५१ सदस्यिय मुल व्यवस्थापन समिति गठन गरिएको पौडेलले जानकारी दिए ।
सुरक्षा प्रबन्धका लागि ५ सय जना प्रहरी सुरक्षकर्मी परिचालन गरिने उनले वताए । त्यसका अलवा विभिन्न संस्थाहरुले २ सय ५० जना स्वयमसेवक समेत परिचालन गर्ने उनको भनाइ छ ।
नदी तर्नका लागि असक्त एवं ज्येष्ठ नागरिकहरुलाइ परिचय पत्रका आधारमा निशुल्क ¥याफ्टिङको व्यवस्था गरिएको उनले जानकारी दिए ।
मेलाको समयमा कालोबजारी मौलाउन सक्ने भएकाले एकतर्फि ¥याफ्टिङको २५ रुपैंया, कालो चियाको १० रुपैंया, दुध चिया १५ रुपैंया, पिउने पानी २० रुपैंया प्रतिवोटल कायम गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट््टले जानकारी दिए ।
६ वटा डोरीको घेरा बनाइएको ठाउँमा एक लाइनमा एकपटकमा एकसय ५० जनाले नुहाउन सक्नेछन् । असुरक्षित मानिएको ठाउँमा नेपाली सेनाको सहयोगमा गिट्टी हालेर ठाउँ सुरक्षित बनाइएको छ ।
यसैगरी पैदल मार्गबाट जाने झोलुंगे पुलमा पनि सुरक्षाकर्मी परिचालन गरी एकपटकमा एक सयजना मात्र यात्रु हिँड्न दिने व्यवस्था गरिएको छ ।
यसैगरी स्वास्थ्य उपचारको व्यवस्था, सवारी साधनको पार्किङ, एकतर्फी यातयात सञ्चालन, स्वयमसेवी परिचालन लगायतमा पनि ध्यान दिइएको समितिले जनाएको छ ।

Promise Education Consultancy