माघे सक्रान्तिको तयारी सकियो

 

देवघाट, ३० पुस। देवघाट क्षेत्र विकास समितिले माघे सक्रान्ति मेलाको सबै तयारी सम्पन्न भएको जनाएको छ ।
शनिबार वेणी संगममा पत्रकार सम्मेलन गरेर मेलाको सबै तयारी सकिएको जानकारी गराएको हो ।

हरेक वर्ष माघे सक्रान्तिको दिन तीर्थालु भक्तजनहरूको भीड लाग्ने हुनाले सबै भक्तजनहरूलाई सहज तरिकाले तीर्थ गर्ने वातावरण मिलाइएको क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष टंकनाथ पौडेलले आवश्यक सबै तयारी मजबुद बनाइएको जानकारी दिए । माघे सक्रान्तिमा मेला भर्नका लागि नेपालसहित छिमेकी देशहरूबाटसमेत तीर्थालुहरू आउने गर्छन् ।

Promise Education Consultancy