माघीलाई मध्यनजर गर्दै नारायणगढ मुग्लिङ सडक चौबिसै घण्टा खुल्ने (यस्तो छ सुचना )

भरतपुर पुस ३० । मुग्लिन नारायणगढ सडक आजबाट ४ दिन सम्म २४ सै घण्टा खुला रहने भएको छ ।
माघे सक्रान्ति (माघी) लाई मध्यनजर गर्दै आजबाट माघ २ गतेसम्म ४ दिनको लागि २४ सै घण्टा खुला गर्ने निर्णय गरेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी गराएको छ ।
४ दिन अर्थात माघ २ गतेपछि फेरि राती १० देखि बिहान चार बजेसम्म सो सडक बन्द हुनेछ ।
पुस १८ देखि रातको समयमा दैनिक ६ घण्टा बन्द हुँदै आएको थियो ।
साथै एशीयन सडकको मापदण्ड अनुसार स्तरोन्नती गर्न लागिएको नारायणगढ मुग्लिङ सडक आयोजनाको समयमा नै पुरा नहुने निश्चत भएको छ ।

Promise Education Consultancy