आज अनसन तोड्दै डा. केसी, स्वास्थ्य मन्त्रीसंग भए यस्तो सहमती

काठमाडौं, २९ पुस । डाक्टर गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा.गोविन्द केसीले स्वास्थ्यमन्त्री दीपक बोहरासँग शुक्रबार राति पाँचबुँदे सहमतिमा हस्ताक्षर भएपछि अनशन तोड्न लागेका हुन् । सहमतिपत्रमा चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति ७ दिनभित्र गठन गर्ने उल्लेख छ ।
यी हुन् सहमतिका बुँदा
– चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन गर्ने
– डिन जगदीश अग्रवालको नियुक्ति निरन्तरताका लागि निर्देशन दिनुपर्ने
-आईओएमका अधिकार फिर्तासम्बन्धी सम्झौता कार्यान्वयन गर्न कदम चाल्नुपर्ने
– अधिकार फिर्ताका लागि त्रिवि सिनेट बैठक बोलाउने
-पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र सेवा विस्तारमा बजेट व्यवस्था गर्नुपर्ने