जग्गाको कित्ता काट गर्न नपाउने ऐनलाइ संशोधन गर्न व्यवसायीको माग

चितवन, २८ पुस ।  प्लटिङ गरिएको जग्गाको कित्ता काट गर्न नपाउने गरि बनेको ऐनलाइ संशोधन गर्न जग्गा व्यवसायीहरुले माग गरेका छन् । प्लटिङ गरी घडेरीको रुपमा विक्री वितरण गर्न नपाउने भनि भुमिसुधार तथा व्यवस्था विभाग र नापि विभागलाइ दिइएको निर्देशन प्रति नारायणी जग्गा तथा आवास व्यवसायी संघको ध्यानाकर्षण भएको जनाएको छ ।

संघले सम्पत्ति सम्बन्धि अधिकार विपरित बनेको ऐन संशोधनको माग गर्दै शुक्रबार भुमि सुधार तथा व्यवस्था मन्त्रि गोपाल दहितलाइ ज्ञापन पत्र बुझाएको छ ।

पुर्वि चितवनमा शुक्रबार देखि शुरु भएको खिचरा महोत्सवको उद्घाटन गर्न आएका मन्त्रि दहितलाइ भरतपुर विमानस्थलमा भेटेर ऐन सच्याउन माग गरिएको संघका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।

जग्गा धनिले एक आर्थिक बर्षमा एक पटक भन्दा बढि कित्ता काट गरि विक्री वितरण गर्न पाइने छैन भनि गरिएको निर्देशन संविधान तथा नागरिक अधिकार ऐन विपरित रहेको उनको भनाइ छ ।

हचुवा र लहडका आधारमा गरेको निर्णयले मुलुकमा थप समस्या पैदा गर्ने नारायणी जग्गा तथा आवास व्यवसायी संघले जनाएको छ । जग्गा बेचविखन गरी व्यवसायीक लाभ प्राप्त गर्ने नेपालको संविधानको धारा २५ तथा नागरिक अधिकार ऐन २०१२ को दफा ६ को उपदफा ९ ले समेत दिएको अध्यक्ष अधिकारीको दावि छ ।

नागरिकको सम्पत्ति सम्बन्धि हकलाइ बन्देज लगाउने गरी गरेको मन्त्रिस्तरिय निर्णय यथासिघ्र फिर्ता लिन माग गरिएको उनले वताए ।