देवघाटमा लाग्ने माघे संक्रान्ति मेलाको ७५ प्रतिशत काम सम्पन्न

 

चितवन, २८ पुस ।  पवित्र तिर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेला व्यवस्थापनको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यसपटकको माघे संक्रान्ति मेलालाइ व्यवस्थित गर्न देवघाट क्षेत्र विकास समितिले जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा सुरक्षा प्रबन्ध लगायत व्यवस्थापकिय कार्यलाइ तिव्र बनाएको छ ।

बाटो व्यवस्थापनको सम्पुर्ण काम शनिबार सम्म सकिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले वताएका कमछन् । माघे संक्रान्ति मेला भर्नका लागि ठिमुराबाट प्रवेश मार्ग र निस्कने आंपटारीको सडकलाइ मर्मत गरिएको छ । मकर स्नान गर्नका लागि माघे संक्रान्तिको राति नै ३३ कोटी देवताहरु आएर देवघाटको बेणिा संगममा स्थान गर्ने धार्मिक विश्वास रहेको छ ।

भक्तजनहरुलाइ कुनै पनि असुविधा हुन नदिन १ सय ५१ सदस्यिय मुल व्यवस्थापन समिति गठन गरिएको पौडेलले जानकारी दिए ।

माघे संक्रान्ति मेला व्यवस्थापनका विषयमा गत पुष २४ गते जिल्ला प्रशासनको कार्यालयमा बसेको सरोकारवाला निकायको छलफलबाट प्रमुख जिल्ला अधिकारीले मेलाको व्यवस्थापनमा खानेपानि व्यवस्थापन बोर्ड, भरतपुर महानगरपालिका, जनस्वास्थ्य, विद्युत लगायत सुरक्षा निकायलाइ निर्देशन दिएका थिए ।

भरतपुर महानगरपालिका र डिभिजन सडक कार्यालयले सडक मर्मतको काम लगभग सम्पन्न गरेको पौडेलले वताए । मुल व्यवस्थापन समितिका संयोजक समेत रहेका पौडेलले भत्तजनलाइ कुनै पनि असुविधा हुन नदिन देवघाट क्षेत्र विकास समिति क्रियाशिल बनेर लागेको वताए ।

मेला व्यवस्थापनको तयारी र अवस्थाको बारेमा समितिले शनिबार बेणि संगमस्थलमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ । मेला व्यवस्थापनमा गरेका कामको आधारमा विभिन्न उपसमितिहरुलाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए ।
नेपालकै पर्यटकिय एवं हरिहर क्षेत्र देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेला व्यवस्थापनका लागि ५० जना भोलियन्टर्स परिचालन गरिने संस्कृति पर्यटन तथा उड्ययन मन्त्रालयका उपसचिव राजेन्द्र सिग्देलले जानकारी दिए ।

राधा माधव समिति नेपालका सदस्य समेत रहेका सिग्देलले देवघाटमा पुर्वाधारको कमीले पर्यटकहरुको संख्या उल्लेख्य बृद्धि हुन नसकेको वताए । माघे संक्रान्तिमा भत्तजनको चाप बढि भएको स्थानमा स्वयमसेवक परिचान गरिने उनको भनाइ छ ।

Promise Education Consultancy