राजु प्यानलद्धारा उवासंघका लागि १७ बुंँदे प्रतिवद्धता सार्वजनिक

चितवन, २८ पुस । उद्योग वाणिज्यसंघको चुनावको सरगर्मी उत्र्कषमा पुगेको छ । संघको ५१ औ साधारण सभा एवं अधिबेशन नजिकिएसंगै निर्वाचनमा प्यानलनै खडा गरी राजु श्रेष्ठ प्यानल र सहनलाल प्रधान चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । यो संगै उनीहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई समेत तीब्र पारेका छन । आज भरतपुरमा पत्रकार सम्मेलन नै गरी राजु श्रेष्ठ प्यानलले आफू निर्वाचीत भएमा व्यवसायिहरको हक हित र समग्र चितवनको आर्थिक समृद्धिको लागि अधुरा कामलाई पुरा गर्ने र नयांँ कामलाई नयांँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै राजु श्रेष्ठले चितवन उवासंघको संस्थागत हितलाइ अघि बढाउन , समग्र व्यवसायीको हक , हित एवं संरक्षण गर्नका लागि सवल र सक्षम नेतृत्वको आवश्यकता रहेको भन्दै आफू अहिले बर्तमान वरिष्ठ उपाध्यक्ष रहंँदे गर्दा अवको आउने २ बर्षे कार्यकालमा आफ्नो नेतृत्वदायी भूमिका रहने र उद्योगी व्यवसायीका कुनै पनि समस्या आफूले हल गर्न सक्षम रहेको दाबी गरेका छन ।

व्यवसायीले गरेको पूर्ण साथ र समर्थन प्रति आफू निकै उत्साहित रहेको भन्दै उनले आफूलाई सहयोग गर्ने अध्यक्ष राजन गौतमले गरेको साथ सहयोग को उच्च प्रशंसा गरे । साथै समग्र व्यवसायीहरुलाई आफूलाई अध्याधिक मत दिई जिताउन श्रेष्ठले अपिल गरेका छन ।

श्रेष्ठका प्रतिबद्धताहरु

श्रेष्ठले आफू निर्वाचीत भई अध्यक्ष पदको जिम्मेवारी पाएको खण्डमा घर बहालमा वस्ने व्यवसायीलाई दवाव र तनाव मुक्त बनाउन घर बहाल सम्वन्धि आवश्यक कानसन निमार्ण गर्न घर बहाल उपभोक्ता मंचसंँग समन्वयात्मक पहल गर्ने,रुग्ण उद्योग कलकारखानाहरुलाई पुनः संचालनमा ल्याउन आवश्यक पहल गर्ने ,बिशेषगरी कपडा फेन्सी, सामानहरुको भन्सार महसुल दर पुनरावलोकन गर्न सम्बन्धित निकायसंग पहल गर्ने,बैकहरुले ग्राहक ऋणीहरुमाथी लगाईएको आफ्नै खातावाट रु दश लाख भन्दा बढी नगद निकाल्न नपाईने तथा निश्चित अवधिको लागि लिएको ऋणको अनिश्चित व्याजदर जस्ता असमान व्यवस्था सरलीकरण गर्न संघ आफैले वा नेउवा महासंघ मार्फत एडभोकेसी गर्ने जस्ता प्रतिवद्धता व्यक्त गरेका छन ।

यस्तै सामाजिक क्षेत्र सुधार अन्र्तगत राष्ट्रकै जीवन रेखाको रुपमा रहेको नारायणगढ मुग्लिङ्ग सडक,निर्माण कार्य गसिक्नुपर्ने अहिले सम्म नसकिएकोले यसलाई यथाशीघ्र सम्पन्न गर्नलाई दवाव दिनुपर्ने , यस्तै बस्तुगत अझ सुदृढ र सबल बनाउने ,व्यसायीहरलाई आर्थिक रुपमा सबल बनाउन उनीहरको बीचको एकतालाई मजबुद बनाउन सहकारी कार्यक्रम संचालन गर्ने , स्थानीय तहु प्रदेश सरकारसंग् समन्वय गरी व्यवसायिक वातावरण सिर्जना गरेर दाहोरो कर तथा अवैज्ञानिक करण प्रणालीलाई अन्त्य गर्न पहल गर्ने , कृषिजन्य वस्तुहरु फलफूल तथा तरकारी थोक तथा खुद्रा तथा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने लगायतका १७ बुदे प्रतिबद्धता व्यक्त गरेका छन ।

यसैबीच संघको भोलि शनिवार पुष २९ गते साधारण सभा हुदैछ , जसको उद्धघाटन उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गर्ने कार्यक्रम रहेको छ भने संघको मतदान प्रक्रिया पुष ३० गते ९ बजेदेखि शुरु हुने बताईएको छ ।

Promise Education Consultancy