चितवनमा ५८ जनाद्धारा निर्वाचन खर्च बुझाउन बाकीँ

 

आशिष उप्रेती
चितवन, पुष २८ । चितवनको प्रदेशसभा र प्रतिनिधिसभाका गरि जम्मा ३७ जना उम्मेद्धवारहरुले निर्वाचन खर्च विवरण पेश गरेका छन् ।
जसमा प्रदेशसभातर्फ २६ र प्रतिनिधिसभातर्फ ११ जनाले निर्वाचन खर्च विवरण बुझाएका हुन् । चितवनमा प्रदेशसभा र प्रतिनिधिसभामा गरि जम्मा ९५ जना उम्मेद्धवारहरु रहेकोमा हालसम्म ३७ जनाले मात्र खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । अब अझै ५८ जनाले खर्च बुझाउन बाकी रहेको छ ।

पार्टीगत रुपमा भन्दा व्यक्तिगत रुपमा उम्मेद्धवारहरुले खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
अहिलेसम्म प्रतिनिधिसभातर्फ जम्मा न्युनतम १० हजारदेखि अधिकतम १४ लाख ३९ हजार ८ सय सम्मको खर्च विवरण पेश भएकोमा प्रदेशसभातर्फ न्युनतम ५ हजारदेखि १२ लाख ५४ हजार १ सय २० सम्मको खर्च विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रदेशसभातर्फ १५ लाख र प्रतिनिधिसभातर्फ जम्मा २५ लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेको समेत उहाले बताउनुभयो । समानुपातिकतर्फका उम्मेद्धवारले २९ गते सम्म र प्रत्यक्षतर्फका उम्मेद्धवारले भने पुष मसान्त सम्ममा पुर्ण खर्च विवरण बुझाउने समयावधि रहेको छ ।

हालसम्म खर्च विवरण पेश गर्ने पार्टीहरुमा प्रतिनिधिसभातर्फ नेकपा एमाले, नया शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, रा.प्र.पा.(प्रजातान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशिल साझा पार्टी, नेपाल मजदुर किसान पार्टी रहेको छ भने प्रदेशसभातर्फ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नया शक्ति पार्टी नेपाल, विवेकशिल साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टी रहेका छन् ।

Promise Education Consultancy