रत्ननगर महोत्सवमा दृष्टिबिहीनको दौड प्रतियोगिता

रत्ननगर २८ पुस। रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गत शुक्रवार दृष्टिविहीन विद्यार्थीहरुबीच दौड प्रतियोगिता गरिएको छ ।

महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो दौड प्रतियोगिताको रत्ननगर नगर कार्यपालिकाकी उपमेयर विमला दुवाडीले उद्घाटन गरेकी थिईन ।

प्रतियोगितामा सृजनराज पन्त प्रथम,सागर चेपाङ द्धितीय र सुजिता थापा तृतीय भएको खेलकुद व्यवस्थापन समितिका संयोजक सोहेन्द्रराज खरेलले जानकारी दिए । प्रतियोगितामा रत्ननगर ५ मा रहेको झुवानी माविमा आश्रित १२ जना दृष्टिविहीन विद्यार्थीको सहभगिता रहेको थियो ।

दृष्टिविहीन वालवालिकाहरुले डारीको माध्यमबाट ५० मिटरको पार गरेका थिए । दृष्टिविहीन विद्यार्थीहरुको क्षमता अभिबृद्धिको लागि दौड प्रतियोगिता गरिएको संघका अध्यक्ष तथा महोत्सवका संयोजक राजाराम रेग्मीले जानकारी दिए ।

विहीवार उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गरेर सुरु भएको रत्ननगर महोत्सवको दोश्रो दिन शुक्रवार देखिनै अबलोकनकर्ताको भीड लागेको संघका महासचिव निराजन खनालले जानकारी दिए ।

माघ ७ गते सम्म चल्ने सो महोत्सवमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु बद्री पंगेनी, कोमल ओली, हेमन्त शर्मा, मिलन लामा, प्रमोद खरेल,शशी रावल, एड्रियन प्रधान,मिना निरौला, सुनिल गिरी, नेत्रजी पन्त, भुवन प्यासी लगायतका कलाकरहरुको प्रस्तुति रहने छ ।

Promise Education Consultancy