हात्तिसारमा खुशियाली : भरे भोली भएकी चित्रसेनकलीलाई स्याहार्न भ्याई नभ्याई

 श्याम गुप्ता
बारा , २८ पुस । पर्सा राष्ट्रिय निकुन्ज अमलेखगंज हात्तिसारका कर्मचारी परिवारमा यति बेला उत्साह सँगसँगै व्यस्तता पनि थपिएको छ ।
चित्रसेनकलीको सुत्केरी हुँने दिन नजिकिदै आउँदा उनीहरुको उत्साहसँगै व्यास्तता पनि थपिएको हो । खुशियालीसँगै दरोगा जलेन्द्र प्रसाद चौधरीलाई भने अचेल भ्याई नभ्याई भएको छ ।
उनी मात्र होईन उनको समूँहका पछुवा अनिल चौधरी र माहुत सचिन कुमार श्रेष्ठको पनि व्यास्तता उस्तै छ । भरे भोली भएकी १२ बर्षिय कान्छी ढोई चित्रसेनकलीलाई कति खेर सुत्केरी व्यथाले च्याप्ने हो ठेगान नभएकाले उसको सेवा टहलमा उनीहरुको व्यस्तता बढेको छ ।
गत विक्रम् सम्बत् २०४१ सलमा स्थापना भएको यो हात्तीसारमा यस अघि भवानीकलीले २०५६ सालमा हात्तिसारमा मृत भाले बच्चा जन्माएकी थिईन् ।
त्यस पछिकोे चित्रसेनकलीको गर्भावस्थाले निकुन्ज कर्मीका लागि विशेष उत्साह र खुशि बढाएको छ । चित्रसेनकली गर्भवती भएको २२ महिना पुरा भई २३ महिना लागेको छ , सके सम्म यसै महिनामा सुत्केरी हुँनु पर्ने चिकित्सकको भनाई छ ।
२४ महिना वा पछि जन्मिने छावालाई खतरा पनि हुँन सक्ने चिकित्सकले बताए पछि उनीहरु अहिले चिन्तीत बन्दै जति सक्यो चाँडो सुत्केरी भई दिए राम्रो हुँने थियो । माहुत सचिन कुमार श्रेष्ठको भनाई छ ।
बच्चा जन्माउँने बेथा लागे पछि आमाले हात खुट्टा चलाएर छावालाई मार्न पनि सक्ने संभावना भएकाले आँफूहरु सजग भएको हात्तिसारका नायव सुव्बा मनपुरन चौधरीले जानकारी दिए ।
पर्सा राष्ट्रिय निकुन्ज हात्तिसारमा कार्यर्त चित्रसेनकली निकुन्जको प्रतापपुर पोष्टमा गस्तीका लागि काजमा खटिएको बेला २/३ दिन हराएर त्यहाँ आएको एउटा जंङ्गली मत्ता हात्तिसँग गर्वधारण गरेको दरोगा जलेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।
त्यही आधारमा चित्रसेनकली २०७२ चैत १५ गते तिर गर्भिणी भएको अनुमान गरिएको छ । हात्तिसारमा रहेका दश हात्ति मध्ये चित्रसेनकली समेत अन्य ४ ढोई हात्ति मात्र बयस्क तथा प्रजनन क्षमता भएका छन् । गर्भिणी भएको यकिन भए पछि उसलाई अन्य हात्तिका तुलनामा आहार , आराम र सेवा टहलमा विषेश हेर विचार पु¥याईएको छ ।
सामान्यतया हात्तिले गर्भधारण गरेको २० देखि २२ महिना भित्र छावालाई जन्म दिने गरेको पाईन्छ । तर , चित्रसेनकलिले गर्भधारण गरको २२ महिना पुरा भई २३ महिना लाग्दा समेत सुत्केरी नहँदा निकुन्ज परिवार लगायत हात्तिसार नजिकका स्थानीयहरुकोे समेत चिन्ता र चाँसोको बिषय बनेको छ ।

Promise Education Consultancy