सरकार छोड्ने माओवादीको निर्णय, भोली  सामूहिक राजीनामा दिँदै

काठमाडौं,२३ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् ।

मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री एवं माओवादी नेता महेन्द्र बहादुर शाहीले बताए । उनका अनुसार सरकारमा माओवादीका तर्फबाट नेतृत्व गेका नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले गीरीराजमणी पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी छ ।आजै राजिनामा दिने भनिए पनि  सार्वजनिक विदा  परेकाले भोली (शुक्रबार) मात्र राजिनमा दिने माओवादी केन्द्रले जनाएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

Promise Education Consultancy